देउडा सुदूरपश्चिमको मौलिक संस्कृती मात्र होईन , पहिचान पनि हो । देउडा बाट यहाँका मानिसहरु आफ्ना दुख बेदना मात्र पोख्ने नभई शुख ,दुख, माया, प्रेम,उमगं र आनन्द बाड्ने माध्याम पनि हो । पछिल्लो समयमा देउडा गित लोप हुने अबस्थामा पुगे पनि यहाँका केही यस्ता दिग्गज ब्यत्तिmहरु यसलाई जोगाई राख्नका लागी अहोरात खटेका पनि छन् । समाजिक सन्जाल फेसबुकमा पछिल्लो पटक आफ्ना दमदार प्रस्तुती राख्ने मध्येका एक हुन् गजेन्द्र बहादुर थापा । पेशाले अधिबत्तmा समेत रहेका थापाले पछिल्ललो समयमा देउडा मार्फत बिभिन्न ठाँउ,गाउँ,चाल चलन,रितीरिवाज देखि बिभिन्न बिषयमा देउडा लेख्दै आउनु भएको छ । खप्तड छान्ना २ लामातोला देहली घर भएका अधिबत्तmा थापा हाल काठमाण्डौंमा बसेर वकालत पेशामा हुनुहुन्छ । अब हेरौ उहाँले पछिल्लो दुई महिना यता लेखेका देउडा गितहरु ।
बझाङ खप्तड्छान्ना फोकस :-
- खप्तडछान्ना गाउँपालिका ,खेलकुद गडराय ।
टेबुल चड्न्या डरायाइन ,अरु केई डराय ।।
२) मन्च बन्यो टेबुलको, दुई खुट्टा अटाउन्या ।
हाम्रा माईस बबाल काट्टा, गुजारा कटाउन्या ।।
३) अतिथिलाई सलाम दिन्या, खेलकुदको नियम ।
स्थानीय सरकारका , उनै हुन पि एमअ ।।
४) टेबुल हैन मञ्च मान,मञ्चमा हुन खुट्टा ।
बोका काटी पार्टी प्रवेश , साँचो होकि झुट्टा ।।
५) बोका भन्यो बेईजत भयो, एक थरी भनाई छ ।
बिज्ञप्तीका भाषा हेर , त्यो पनि छनाई छ ।।
६) जनताका काम गर्न्या मान्छे , जन अर्या खिल्ली ।
एकता भयाखी निको ,नहोस् छिल्ली बिल्ली ।।
तराई र पहाडको फरक सुदुर पश्चिमका डेउडा गीत बाट
१) तराई निको सबैभन्दा, पहाड कोई भन्नाइन ।
तराईको गर्मी रे मच्छ्ड, भन्याको मान्नाइन ।।
२) पहाडका गाउँघर तिर , देला ढोप्काउना छन ।
तराईका घर कम्पाउण्ड लाउना ,कोप लप्काउनाछन ।।
३) पहाड ढोल पैरा आउना, पिठ्युँनाको भारी ।
तराई टाढा झानु नाइप ,देलाउणै खेतवारी ।।
४) पहाडको ठन्डा हावा , भातरोटो अणिलो ।
तराई तिर किन्न पाईनो, खान्या चिज दणिलो ।।
५) अल्छी लाग्या साधन हुंना, तराई पाइला बाटा ।
पहाड हिटेरै झाँनु, काम हुदैन छाँटा ।।
६) तराईमा अबसर पाईन्छ , केई सीप सिक्न्याखी ।
पहाड पनि रमाइलो छ , जीवन भर टिक्न्याखी ।।
७) ठाउँ -ठाउँ खाजा ठाउँ – ठाउँ नास्ता , निछट्टा दोकान ।
तराई दैईदुध घ्यूबेच्चा छन् , न भैसा चोखाना ।।
८) लोग्न्या लाउना मयल्चाटो, स्वाईनी लाउनी म्याक्सी ।
गाडी चढ्न्या रहर भया, तराई पाईदा ट्याक्सी ।।
९) पहाड पिठ्युँनो पोर्सो , खेत मल पुग्दैन ।
तराई त बिकास्या मल , अन्न स्वाद टिक्दैन ।।
१०) पहाडको ठण्ड पानी , खाना फिल्टर बिना ।
तराई तिर तातो पानी, उल्टा तताई पिना ।।
११) पहाड बिरामी भया, भेद्द्वा निको अर्दा ।
तराईमा बिरामी पण्या , डाक्टर भुँडी भर्दा ।।
१२) तराईको आटकाट्या बसाइँ , रित मिल्दो न चलन ।
पहाडको गाउँबस्ती हेर, को मान्दाछन जलन ।।
बझाङ जिल्लाका स्थानीय ब्याक्तिले बुझ्न सक्ने स्थानीय भाषाका डेउडा
कैँची समाई कलाउतले, दमाउ बजाई दमाई ।
जिन्दगी गुजरा मात्रै , सुईयो धागो समाई ।।
२) ल्वारका आफर भित्र , राता- राता कोइला ।
थिचकुटमै जिन्दगी बित्यो , फलामका चोईला ।।
३) सुनारका आफरमा , सुन कति चुनो हो ।
हात चिउटा मुख नलि , कतिप फुनु हो ।।
४) आजभोल क्या कामु हुन्छ ओखेडाका हात ।
काम छैन दाम पनि भैन , खानु छ दालभात ।।
५) सार्की ऐल बेरोजगार भ्या, जुत्ता किन्दा पसल ।
उईलका जुत्ता रे पाना, कति बल्ल्या असल ।।
६) चंदारा बुराउँसी बोटका, ठेको कोर्दा बन ।
गोठ गाई हत्याउन्या भाँडो, जन बिर्स्या पन ।।
७) कामि बनाई कुटो बाउसो ,आग्री ओडले बिण ।
तातो फलाम छन्कन्या धार , जन अर्या पिण ।।
८) पार्किका छन्काउन्या आँसी ,निङ्गालाका बाता ।
डोका सुप्पा खार्या कोठा ,मुहुनाको छाता
९) सारङ्गी रेटन्या बादी , तिन्की माउकी नाच्न्या ् ।
तिनको नाँच हेरिकन नेबकि मौ हाँस्न्या ।।
१०) टमटाका हात पण्या , टुटाफुटा भाँडा ।
कति रुईस्या बनाउना छन् , घाँटघुँङ्गुरा घाँणा ।।
११) बिगाड कत्ती सनाईनप ,ऐरागी छन्,ऐरि ।
जेठै असार लाईहेल्ला छन् , काम अर्नाका बैरी ।।
१२ )भण्डारीका भडारमा ,जनरित्ते अन्न
भात भान्सा लाग्याका बेला , ख्वाईहेल्लाछन् टन्न ।।
१३) खातिका ओईरान्त बात, बातै बातको खात ।
नासो पुल्तो जणो लामो , पाहुना पड्डा हात ।।
१४) बाहुनका घरको नसो , खराट हुँदा खत्री ।
मिल्लाखि जान्याको कति ,माईसपन धर्ती ।।
१५) बात जान्ना सूचना पाउँदा, था: पाउना छन् थापा ।
गुजारा सबैका छदै ,हातमुख जोड्न्या पापा ।।
१६) उपाए उपाध्या लाउना, धर्म लाई जगाउना ।
कार्ज्या पण्यो भनी कन, सबुईलाई अघाउंना ।।
१७) उईल देउता पाण राख्ता, पुजारी हुन पाण्डे ।
चडाउनपुडाउन देबताको ,जति भयो खान्दे ।।
१८) जोशीले जसरी पनि, जोश उठाई पाठ अर्नु ।
काँई नानू बिग्डिग्या भन्या, उईलता जात झर्नु ।।
१९) भाटले भट्याउनु पड्डो ,उईल जन्त जन्त ।
छान्ना ता भट्याउना छिया , कसो थियो अन्त ।।
२०) कर उठाउन्या कार्की रैछन , कर- कर पनि अति ।
तोक्याको दिन नदियाखी , हाली हेल्दा पति ।।
बझाङ जिल्लाभर लागू भएको निषेधाज्ञाको सूचनाले स्थानीय समाजलाई सहरमा जारी हुने सूचना जस्तो गाउँ घरमा पनि जारी गरेकोले यसबाट गाउँघरमा निम्न बमोजिम अफ्ट्यारो परेको छ ,जुन स्थानीय डेउडा भाषाबाट
केई फर्की भैसलीआमा ,क्या भन्यो बनले ।
जिल्ला भरी निषेधाज्ञा ,यी हेर्न्या कनले ।।
- २) गोठगाई भोकले मर्यो, काटी लैया घाँस ।
दुई घण्टामा सकिदैन , बनै हुन्छ बास ।। - ३) ग्यासभया निझर्को हुन्थ्यो , दौराखी झानु नाई ।
धानकुट्नु घट्ट लै पिस्नु, काँ झानु हो काँ नाई ।। - ४) गोठभरी बाख्राका बथान , लेक सामल छैन ।
खेतगडा नगोण्या पछि , तुलफल्ल्या आस भैन ।। - ५) नआउन्छ दुधको गाडी , नआउन्छ फोहोरको ।
गोठमा हिलाको कचार , गोरूका गोबरको ।। - ६) एक्लै बन कसरीजाउँ , संगती लानु नाई ।
कसरी हो चुलो बाल्नु , मेलापात झानुनाई ।। - ७) आलुको सिजन भयो ,मकै पाक्या बारी ।
जताततै खोलाभौता, को तराउन्छ पारी ।। - ८) कुच्चोबाट्न्या गल्यामबाट्न्या, आफू संग सीप नाई ।
सालसमय यसाआया, नसोच्याका दु:ख पाई ।। - ९) रुघाका भेषले आईछै ,कोरनाको ज्वरो ।
अभावै अभावले सत्त्याँ , अब हुन्छ खरो ।। - १० ) शहरको सूचना जसो, गाउँमा लागू भैछ ।
जिल्ला भरी निषेधाज्ञा , सब्ले मान्नु रैछ ।।