देउडा गायक बासुदेव जोशिले नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

  ✍पुष्पराज रोकाया काठमाडौं  3481 पटक हेरिएको

काठमाडौ । थलारा गाउँपालिका ९ घर भएका गायक बासुदेव जोशीले नेकपा परित्याग गरि काग्रेसमा प्रबेश गरेका छन् । विगत लामो समय देखी नेकपाको सकृय कार्यकर्ताका रुपमा कृयाशिल जोशी पछिल्लो पटक बहुमतका साथ गठन भएको नेकपा सरकार दिनानु दिन विभिन्न किसिमका भ्रस्टाचारका काण्डमा लिप्त हुँदै प्राप्त जनमतको नांगो उपहास गर्न थालेपछि काग्रेसमा प्रबेश गरेको बताएका छन् ।
कलाकार जोशिले सामाजिक सन्जाल फेसबुक मार्फत स्वैच्छिक नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुक मार्फत उहाँले लेख्नु भएकोछ “म सुरु देखि कम्युनिस्ट विचारधारामा आस्था राख्दै हरेक निर्वाचनमा कम्युनिस्ट पार्टीलाई नै सहयोग गर्दै आइरहेको थिए । तर आज दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार नै सत्तामा भएका बेला हाम्रो मुलुकले आज सम्मकै नभएको क्षति र पीडा भोग्नुपरेको छ । नेकपा त सर्वहारा वर्गको पार्टी नभएर केवल ठुलाठुला भ्रस्टाचारी र विचौलियाहरुको झुंड रहेछ बल्ल थाहा पाए । नागरिकका आधारभुत आवस्यकता र न्युनतम हक अधिकार समेत कुण्ठित गर्ने नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको घोषणा गर्दछु । साथै अबका दिनहरुमा जननायक बीपी कोइरालाले परिकल्पना गर्नुभएको समाजवादको सिद्धान्तलाई आत्मसात गर्दै नेपाली कांग्रेस पार्टीलाई आजिवन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । हाम्रो मुलुकको विकास र नागरिकको जिवनस्तर सुधारका लागि नेपाली कांग्रेस पार्टी नै आजको आवस्यकता भएकोले आज कै मितिबाट कांग्रेसमा आवद्ध भएको कुरा सम्पुर्ण शुभचिन्तकहरुमा जानकारी गराउन चाहन्छु । जय नेपाल ।”


यसरी स्वैच्छिक नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको घोषणा गर्ने चर्चित कलाकार जोशिलाई आइतबार साँझा नेपाली कांग्रेस बझाङका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाइ दिएका छन् । हाल कलाकार जोशी रोजगारीको सिलसिलामा करिब आठ वर्ष देखि भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आउनु भएकोे छ । जोशिले कांग्रेसमा प्रवेश गरेको घोषणा गरेपछी उहाँलाई नेपाली कांग्रेस बझाङ भारत सम्पर्क समितिका अध्यक्ष दयाराम रोकाया लगायत दर्जनौ कार्यकर्ताहरुले दिल्लीमा खादा र अबिर सहित सम्मान गरेका छन् ।
कलाकार जोशिलाइ पार्टी परित्याग गर्नुको मुख्य कारण के हो ? भनेर हामिले खप्तड आवाज डट कम बाट टेलिफोन गरि प्रश्न सोध्दा उहाँले भन्नुभएको छ ( “दुई तिहाइ बहुमतको नेकपा सरकार गठन भएको करिब तीन वर्ष पुग्नै लाग्दा पनि नागरिकाका गास,बाँस र सुरक्षाको ब्यवस्थापन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले उखान टुक्का मै अनर्थको समय बर्बाद गरेको बताए । साथै नेकपा को चरित्र भनेकै ठुला ठुला भासण र आश्वासन दिएर सत्तामा उक्लिने अनि सत्तामा पुगे पछि आफन्त र नातागोताको ब्यवस्थापन गर्दै ब्यक्तिगत सम्पतिको आर्जन मात्रै गरेको आरोप समेत लगाए । उनले अब उप्रान्त नेपाली कांग्रेस पार्टी भित्रै रहेर समाजको विकास र परिवर्तनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।


गीत र संगीतमा औधी रुचि राख्ने कलाकार जोशिले दर्जनौ डेउडा गीत एल्बम तथा म्युजिक भिडियोहरु प्रकाशनमा ल्याएका छन । ऐल देविथान, चैतलीका जात, मायालु, सेतिको सम्झना, आइगयो लोकतन्त्र जस्ता डेउडा एल्बम तथा साडुभाइ नामक गाइजात्रा गीत बजारमा ल्याएका कलाकार जोशिका “ओ खड्याउनी“ र “पुराना झल्का“ नाम देउडा भिडियो युटुबमा पनि हेर्न सकिन्छ । चर्चित कलाकारका रुपमा मात्र नभई वरिष्ठ समाजसेवीका समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार