३० करोडको लगानीमा भरतपुरमा खुल्दै गार्डेन रिर्सोट

चितवन । चितवनको भरतपुरमा सुविधासम्पन्न होटलहरु थपिने क्रम जारी छ । भरतपुर महानगरपालिका वडा नः ७ एयरपोर्ट नजिक ३० करोडको लगानीमा चितवन गार्डेन रिर्सोट निर्माण थालिएको छ ।

४९ जना शेयर सदस्य रहेको सो रिर्सोट फलामे स्टक्चरमा तयार गरिने संस्थाका अध्यक्ष केशव कार्कीले जानकारी दिए । होटल १ विगाहा क्षेत्रफलमा फैलिनेछ । ८ महिना भित्र आन्तरीक र ४ महिनामा बाह्य काम गरी १ बर्षभित्र नै होटल निर्माणको काम सकिने अध्यक्ष कार्कीले बताए ।

होटलमा सुविधासम्पन्न ४२ वटा कोठाहरु राखिने छ । त्यसमा फेमिली रुम ४ वटा रहने छन् । हाइटेक प्रालिले निर्माणको जिम्मा लिएको होटलको काम प्रतिशत सकिएको बोर्ड सदस्य शिवजी ढकालले जानकारी दिए ।

ढकालका अनुसार होटलमा ७० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । होटलमा स्वीमिङपुल ठूलो र सानो गरी २ वटा, सभाहल सानो र ठूलो गरी २ वटा हुनेछन् । सभाहलमा एकैपटक ६ सय जना अट्न सक्ने क्षमता रहने अध्यक्ष कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार