लोकतान्त्रिक निर्माण व्यवसायी संघ बझाङको अध्यक्षमा नवीन बहादुर सिंह सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। सोमबार सदरमुकाम चैनपुरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सिंह अध्यक्षमा चयन भएका हुन्।
संघको उपाध्यक्षमा बिरेन्द्र बिष्ट र रमेश बहादुर कुवर, महासचिवमा युवराज सुर्मेली, उपमहासचिवमा मिलन कुवर र गणेश बोहरा निर्वाचित भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा बिरेन्द्र बहादुर सिंह तथा सह-कोषाध्यक्षमा निर्मला देवी बिष्ट चयन भएका छन्।
सदस्यहरूमा सेर बहादुर कुवर, निरन बिष्ट, टेक बहादुर बोहरा र सुरेन्द्र बहादुर बोहरा निर्वाचित भएका छन्।
त्यस्तै, संघका केन्द्रीय प्रतिनिधिमा दिनेश बहादुर सिंह र लक्ष्मण सुवार चयन भएका छन्।
अधिवेशनमा नेपाली कांग्रेस बझाङका कोषाध्यक्ष गगन रावल प्रमुख अतिथि तथा तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडी विशिष्ट अतिथि रहनु भएको थियाे। कार्यक्रममा सहभागीले निर्माण व्यवसायीको हक, हित र अधिकारको रक्षाका लागि संघले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।