खप्तडछान्ना गाउँपालिका–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आज विशेष आमभेला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
आमभेलामा विद्यालयको समग्र अवस्था, पछिल्ला वर्षहरूमा खस्किँदै गएको शैक्षिक गुणस्तर, कक्षा ८ को असन्तोषजनक परीक्षा परिणाम, र विद्यालयको भावी योजना विषयमा गहिरो छलफल गरिएको थियो। विद्यालय सुधारका उपायहरूबारे सहभागी हरुले विभिन्न पक्षबाट महत्वपूर्ण सुझावहरू पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको विशेष अवसरमा विद्यालयमा दुईवटा अक्षय कोष स्थापनाको घोषणा गरिएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य तथा खप्तड छान्ना गाउँपालिका–७ का पूर्व वडाध्यक्ष रामबहादुर सिंह र उहाँकि श्रीमती उषाकुमारी सिंहले “गोवर्धन स्मृति अक्षय कोष” स्थापनागर्दै नगद रु १,०५,५५५ प्रदान गर्नुभएको छ।
त्यसैगरी, विद्यालय अभिभावक–शिक्षक संघका अध्यक्ष कुम्भराज जोशीले “धर्मानन्द स्मृति अक्षय कोष” स्थापनागर्नु भएको छ उहाँले नगद रु ५०,५५५ प्रदान गर्नुभयो।
कार्यक्रममा बोल्दै पूर्व वडाध्यक्ष श्री रामबहादुर सिंहले आफ्नो भानाई राख्दै , “विद्यालयको समृद्धिका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ। अक्षय कोषमार्फत विशेष गरी आर्थिक रूपमा कमजोर तर अध्ययनमा अग्रपंक्तिमा रहेका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास लिएका छौँ।”उहाँले भन्नू भयाे
त्यसैगरी, शिक्षक संघ अध्यक्ष श्री कुम्भराज जोशीले भन्नुभयो, “हाम्रो योगदानले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै गरिब, जेहेन्दार र शिक्षामा प्रतिबद्ध विद्यार्थीहरूका लागि छात्रवृत्ति, शैक्षिक सामग्री तथा शुल्क सहायतामा सहयोग पुग्नेछ।”
विद्यालय परिवारले दुवै दाताहरूप्रति आभार व्यक्त गर्दै यस्ता योगदानहरूले विद्यालय सुधारमा मात्र नभई सम्पूर्ण समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।