सूचना अधिकारी तथा चर्चित मोडेल दशरथ जप्रेलको अभिनयमा ‘पापाकी परी’ सार्वजनिक देउडा गीतमा अभिनय गरीसकेका जप्रेलले फेरि देखाए खतरा प्रस्तुति

  रमेश बाेहरा  546 पटक हेरिएको

घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’पापाकी परी सार्वजनिक भएको छ।
यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। यस गीतमा मोडेल दशरथ जप्रेल, आरति खड्काे अभिनय रहेकाे छ। क्यामेरामा सुरज थापा,सम्पादकमा कमल थापा विवेक,र डाइरेक्टर थापा कमल बिवेक रहेका छन ।
गीतमा आवाज गायक सुनिल नेपाली र पुजा देवकोटाको रहेको छ। गीतको भिडियोमा देउडा संस्कृतिको सुन्दर झल्को देख्न सकिन्छ, जसले सुदूरपश्चिम र कर्णाली क्षेत्रका संस्कृति प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको छायांकन बझाङका विभिन्न स्थानहरूमा गरिएको छ, जसले स्थानीय सौन्दर्य र संस्कृतिलाई उजागर गर्ने प्रयास गरेको छ।
आज बुधबार, उक्त गीत Sp Gold Pictures अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस गीतलाई युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न सकिनेछ। देउडा गीत–संगीतमा रुचि राख्नेहरूका लागि ’पापाकी परी  अवश्य सुन्नुपर्ने गीत बन्ने अपेक्षा गरिएको छ। सूचना अधिकारी तथा चर्चित मोडेल दशरथ जप्रेलले यसअघि थुप्रै गित हरुमा अभिनय गरिसकेका छन्  ।

भिडियो हेर्न सक्नु हुनेछ !️️

सम्बन्धित समाचार