बुंगल नगरपालिका वडा नम्बर ११ पुतलिलेख डाँडामा आज बिहान जिप दुर्घटना,एक महिला घाइते

  रमेश बाेहरा  141 पटक हेरिएको

बुंगल नगरपालिका वडा नम्बर ११ पुतलिलेख डाँडामा आज बिहान जिप दुर्घटना भएको छ। बिहान साढे ४ बजेतिर बित्थडबाट हेिनगडातर्फ जाँदै गरेको से १ ज ९७८ नम्बरको जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ

दुर्घटनामा परी जिपमा सवार ३ जनामध्ये बुङगल नगरपालिका ११ की ३० वर्षीया गौमती देवी बोहरा घाइते भएकी छन्। उनको दाहिने हातमा चोट लागेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, रोकिराखेको अवस्थामा एक्कासी जिप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते बोहराको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ। प्रहरीले उनको अवस्था सामान्य रहेको बताउनुभयो ।

जिप चालक सोही ठाउँका ३५ वर्षीय सन्जु बोहरा रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार