बझाङमा चट्याङ लागेर एक वृद्धकाे मृत्यु, पहिराे र वर्षाले सडक अवरुद्ध

  रमेश बाेहरा  54 पटक हेरिएको

बझाङ जिल्लाको विथ्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। ७८ वर्षीय धाैले बोहरा आज साँझको वर्षासँगै परेको चट्याङको चपेटामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यता, केदारस्युँ गाउँपालिका–९ स्थित पौडी (ढोड्याखेत) बजारमाथिबाट खसेको पहिरोले  सडक अवरुद्ध भएको छ। सडक अबरुद्ध पछि  स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको टोलीले सडक खुलाउने प्रयास जारी राखेको जनाइएको छ।

त्यसैगरी, विथ्थडचिर गाउँपालिकाको लिम क्षेत्रमा निरन्तर वर्षाका कारण जयपृथ्वी राजमार्गमाथिबाट जाने शाखा सडक कटान हुँदा माटो जमेर सतह चिप्लो बनेको छ। यसले गर्दा सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानिय बासिन्दा तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार