बझाङदीप क्याम्पसमा स्ववियु निर्वाचन: गठबन्धन विरुद्ध अखिल (समाजवादी) एक्लै प्रतिस्पर्धामा

  रमेश बाेहरा  255 पटक हेरिएको

आसन्न  चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि  बझाङदीप क्याम्पसमा मंगलबार विभिन्न विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराएका छन्।
यस निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियू एकातिर गठबन्धनमा छन् भने, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू समाजवादी अर्को गठबन्धनमा रहेका छन्। तर, विप्लव नेतृत्वको नेकपा निकट अखिल (समाजवादी) भने गठबन्धनबाट बाहिर रहँदै एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।
एक्लै प्रतिस्पर्धा र जितको दाबी
अखिल (समाजवादी) का नेताहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गरेका छन्। संगठनका नेता कमल सिले गठबन्धनका लागि पहल भए पनि अन्य विद्यार्थी संगठनहरू व्यक्तिगत आकांक्षा, भागबन्डा, र राजनीतिक प्रतिसोधकै आधारमा अघि बढेकाले सहमति हुन नसकेको बताए। “विद्यार्थीका साझा मुद्दा मिलेर मात्र एकताको कुरा गर्नुपर्छ। सत्ता र सत्तासँगको स्वार्थ जोडेर बनाइएका गठबन्धनले विद्यार्थीहरूको हित गर्दैन,” उनले भने।
दुई वर्षअघि भएको स्ववियु निर्वाचनमा पनि अखिल (समाजवादी) ले एक्लै चुनाव लडेर विजय हासिल गरेको थियो। यसपालि गठबन्धनको चुनौती झन् बढे पनि संगठनले विद्यार्थीको हकहितका लागि आफ्नो प्रतिबद्धता कायमै रहेको बताए।
अघिल्लो कार्यकालको उपलब्धि र लोकप्रियता
अखिल (समाजवादी) का नेतृत्वमा अघिल्लो कार्यकाल चलाएका कमल सिले विद्यार्थीहरूका लागि विभिन्न सुविधाहरू उपलब्ध गराएका थिए। क्याम्पसमा टाढाका विद्यार्थीका लागि छात्रावासको व्यवस्था, आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक भ्रमण, परीक्षा शुल्क खारेजी, जयपृथ्वी हस्पिटलमा उपचारमा २७ प्रतिशत छुट, र स्ववियु कार्यालय स्थापनाजस्ता कामहरू संगठनका मुख्य उपलब्धि बने।
त्यसैगरी, विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन ‘पढ्दै-कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ उत्पादनको सीप प्रदान गरिएको थियो। यी कार्यहरूले अखिल (समाजवादी) को लोकप्रियता बढाएको भन्दै विद्यार्थीहरूले पुनः समर्थन जनाउने विश्वास गरिएको छ।
अखिल (समाजवादी) को उम्मेदवारी प्यानल
सभापति: अक्कल धामी
सचिव: नवीन जेठारा
कोषाध्यक्ष: सुस्मिता थापा
सदस्यहरू: भरत खाती, रेजिना जेठारा, विपना थापा, कमला गिरि रहेका छन् ।
स्ववियु निर्वाचनमा उम्मेदवारी दिँदै धामिले आफू शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्न दृढ रहेको बताएका छन् ।
अबको केही दिनमा विद्यार्थीहरूले कसलाई समर्थन गर्छन् भन्ने टुंगो लाग्नेछ। गठबन्धनको बलियो रणनीति र अखिल (समाजवादी) को एक्लो तर प्रभावशाली प्रतिस्पर्धाबीच बझाङदीप क्याम्पसको स्ववियु निर्वाचन थप रोचक देखिएकाे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार