बझाङको बित्थडचिर गाउँपालिका–८ धरान बजारमा आज बेलुकी जिपको ठक्करबाट एक बालक घाइते भएका छन्।
प्रहरीका अनुसार बागथाला बजारबाट देउलेख बजारतर्फ जाँदै गरेको सुपप्र ००४००१ च ००९२ नम्बरको जिपले पैदल हिँडिरहेका १२ वर्षीय उत्तम अधिकारीलाई ठक्कर दिएको हो। घाइते बालक स्थानीय रमेश अधिकारीका छोरा हुन्।
जिप चालक २३ वर्षीय प्रेम बोहरा रहेको प्रहरीले जनाएको छ। बोहरा देउलेखका स्थायी बासिन्दा रहेका छन्। दुर्घटना आईतवार अपराह्न ५ः३० बजे भएको हो।
ठक्करबाट बालकको दाहिने खुट्टा र छातीमा चोट लागेको र प्रारम्भिक उपचारपछि सोही जिपमार्फत साँझ ६ः१५ बजे डडेल्धुरा अस्पताल पठाइएको जील्ला प्रहरी कार्यालय बझाङ ले जानकारी दीनु भयको छ। घाइते बालकको अवस्था मध्यम रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।