जिल्लाको खप्तडछान्ना गाउँपालिका – ५ पिठेतोला कि ९६ बर्षिया एक महिलाले घरमै नागरिकता पाउँनुभएको छ । जिल्ला प्रशासन बझाङको टोलीले ९६ वर्षीया तुलसीदेवी जोशीलाई उहाँको घरमा गएर नागरिकता दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले नागरिकताका लागी सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो । नागरिकता पाए पछि जोशीले ख्शी हुँदै नागरिकता दिन गएको टोलीलाई धन्यबाद समेत दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकता लिनका लागी आबस्यक कागजात के चाहिन्छ भन्ने थाहाँ पनि थिएन् । नागरिकता लिनु पर्छ भनी मनमा पनि कहिल्यै आएन् । कसैले नागरिकता बनाउन सहयोग समेत गरि दिएन् । आफुलाई केही जानकारी थिएन् । अब त भक्ता खाने कागज पनि बनाई माग्नु पर्यो ।” कृषी कर्ममा ब्यस्त जोशी नहिलृे पनि बारीमै भेटिने स्थानीयह?को भनाई छ । सानो उमेर देखि कृषी पेशा प्रतिको उहाँको लगावका कारण उहाँ सबै काम बिर्सने गरेको समेत स्थानीय असोकराज जोशीले बताउनुभयो । तर कृषी पेशा उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।
“घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले गोखापत्रलाई भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।” थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा समेत चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।
थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो । बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको थियो । सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पिठातोला छ ।
फोटो क्याप्सन ः खप्तडछान्ना –५ पिठेतोला निबासी ९६ बर्षिया तुलसी जोशीलाई नागरिकता दिदै सहायक प्रजिअ सत्य कुमारी जोशीको नेतृत्वको टोली । तस्बिर सौजन्य – गौरी कुमारी अधिकारी