केदारस्युँ गाउँपालिका-५ मा एकल महिलाका लागि अचार बनाउने तालिम सुरु

  रमेश बाेहरा  100 पटक हेरिएको

केदारस्यु गाउँपालिका उपाध्यक्ष कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा एकल महिलाहरूलाई लक्षित गरी सात दिने अचार बनाउने तालिम सुरु भएको छ।

गाउँपालिकाका उपाध्यक्ष मनिशा धामीका अनुसार एकल महिलाहरूको आर्थिक सशक्तीकरणका लागि तालिम सञ्चालन गरिएको हो। “हामीले एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम सुरु गरेका हौं। यसले उनीहरूलाई आम्दानीको नयाँ स्रोत सिर्जना गर्न मद्दत गर्नेछ,” उपाध्यक्ष धामीले भन्नुभयाे।

यसै क्रममा, गाउँपालिकाका अन्य वडाहरूमा पनि जीविकोपार्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको छ। विशेषगरी, स्थानीय स्रोत र सीपलाई प्रयोग गर्दै एकल महिलाहरूलाई उद्यमशीलतामा जोड्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।
तालिममा सहभागी महिलाहरूले अचार उत्पादनका विभिन्न विधिहरू सिक्ने र व्यवसायिक रूपमा अगाडि बढ्न प्रोत्साहित हुने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार