बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको बुंगल नगरपालिका –१ चौपाताका मान बहादुर बोहरा रहेका छन । बोहराको बुधबार साँझ बिहेबाट घर फर्किदै गर्दा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहरा हिजो साँझ नै लडेका भएपनि आज विहिबार बिहान ९ बजेतिर मात्रै शव भेटिएको हो । स्थानियले मृतक बोहरालाई घटनास्थलमा मृत भेटेपछि परिवारलाई जानकारी गराएको बताएइको छ ।