जिल्लाकै नमुना बिद्यालय भवन निर्माण पछि स्थानीय खुशी

  खप्तड समाचारदाता  516 पटक हेरिएको

जिल्लाको पर्यटकिय क्षेत्र संग जोडिएको खप्तडछान्ना गाउँपालिकामा जिल्लाकै नमुना बिद्यालय भवन निर्माण गरिएको छ । २०७८ साल असोज ३१ गते देखि कात्तिक ३ गते सम्म आएको बाढी र पहिरोका कारण भवन र बिद्यालयमा क्षती भएपछि यहाँको दुर्गा महालिङ माबि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो ।


भौतिक संरचनाको अभाव भएपनि पठन पाठनमा समेत समस्या भएको उक्त बिद्यलयमा बिद्याथीहरुले असहज भएको थियो । अस्टेलियन हिमालय फाउण्डेसनको आर्थिक सहयोगमा रिड नेपाल नामक गैरसरकारी संस्थाले बिद्यालय भवनमा निर्माण गरेको समे भवन जिल्लाकै नमुना भवन रहेको छ । अस्टेलियन ईन्जिनियर जोसुवा एन्जलबेथले गरेको डिजायनमा रिड नेपाल नामक गैरसरकारी संस्थाले प्राबिधिक सहयोग गरेको रिड नेपालका परियोजनाका ईन्जिनिय सत्यराज पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन भुकम्प प्रतिरोधी , तापक्रमलाई सन्तुलन राख्ने खालको प्रबिधि जडान गरिएको , बालमैत्री , अपाङ मैत्री समेत रहेको समेत बताउनुभयो । भवन भित्र सुबिधा सम्पन्न फनिचर , लाईटिङ सहितको ब्यवस्था रहेको छ ।

“हाल बझाङ जिल्लामा निर्माण भएका भवनहरुको तुलनामा यो भवन निकै सुबिधायुक्त भवन हो, खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले भन्नुभयो, यो भवनको ईन्जिनियरिड्ढको अनुसरण गर्नुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष रोकायाको समन्वयमामा “समृद्घ खप्तडछान्ना परियोजना” लागु गरेपछि गाउँपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा नमुना काम हुदैँ आएको समेत स्थानीयको भनाई छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा खप्तडछान्ना गाउँपालिकाका पुर्व अध्यक्ष बर्क बहादुर रोकायाले भन्नुभयो, स्थानीय स्रोत साधन तथा स्थानीय कामदारहरुबाट बिद्यालय भवन निर्माण गरिएको हो । उहाँले स्रोतको सहि सदुपयोग गरि काम गर्ने ईच्छाशक्तmी र लगलनसिलता भएको खण्डमा काम गर्न सकिन्छ भन्ने उदाहरण समेत भएको बताउनुभयो ।

दुई बर्ष यता रिड नेपाल मार्फत अस्टेलियन हिमालय फाउण्डेसनले खप्तडछान्नाको शिक्षा क्षेत्रमा बिद्यालयको भौतिक सुधार , शिक्षकहरुलाई तालिम , बालबालिका तथा अभिभावकहरुलाई चेतनामुलक तालिम तथा शैक्षिक गुणस्तर सुधारका बिभिन्न कार्यहरु गर्दै आएको छ भने स्वास्थ्य संस्थामा उपकरण सहयोग , कर्मचारी अभाबको परिपुर्ती , भौतिक पुर्वाधार निर्माण लगायतका कामहरु गर्दै आएको छ ।


नमुना बिद्यालय भवनको उद्घाटन गर्न आएकी अस्टेलियन हिमालयन फाउण्डेसनकी म्यानेजर ह्यालिटिकेट लाई बाजागाजा सहित स्थानीयबासीले भब्य स्वागत गरेका छन् । स्थानीय महिलाहरुले यहाँको स्थानीय कला देउडा समेत प्रर्दषन गरेका थिए । स्थानीयबासीको कला देखेर खुशी भएका अस्टेलियन नागरिकहरुले खुशी ब्यक्त समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार