बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको जयपृथ्वी नगरपालिका – ५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामी रहेकी छन् ।
कामीको बुधबार बिहान घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर ज्यान गएको हो । भौरीदेवीको भिरबाट झन्डै १०० मिटर तल शव फेला थियो । घर नजिकै गाज्जो काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जयपृथ्वी नगरपालिका – ५ का वडा अध्यक्ष प्रेम थापाले बताए ।