“नेपाली काँग्रेस बझाङको १०० दिने विशेष अभियान समापनतर्फ, माघ १६ मा जिल्ला सम्मेलन हुने”

  रमेश बाेहरा  135 पटक हेरिएको

नेपाली काँग्रेस बझाङ जिल्ला कार्यसमितिले सञ्चालन गरेको १०० दिने विशेष अभियान समापनतर्फ पुगेको छ । यसै क्रममा जिल्लाको तल्कोट गाउँपालिकामा हिजो मात्रै विशेष कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये अब जय पृथ्वी नगरपालिकामा मात्र अभियानका कार्यक्रमहरू बाँकी रहेका छन् । आगामी माघ १६ गते हुने जिल्ला सम्मेलन मार्फत औपचारिक रूपमा यस अभियानको समापन गरिने नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिव झलक बहादुर कठायतले जानकारी दिएका छन् ।सचिव कठायतका अनुसार यो अभियानले पार्टी सुदृढीकरणमा महत्त्वपूर्ण योगदान दिएको छ । अभियानमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि कविराज पण्डितको सहभागिता रहेको थियो । त्यस्तै, जिल्ला पार्टी सभापति खडक बोहरा, पार्टीका महत्त्वपूर्ण नेताहरू, कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति र सक्रियता रहेको थियो ।
अभियानले पार्टीको साङ्गठनिक संरचना बलियो बनाउनुका साथै जिल्लामा पार्टीप्रति जनताको विश्वास अभिवृद्धि गरेको काँग्रेस नेतृत्वले दाबी गरेको छ । अबका दिनमा जिल्ला सम्मेलनले काँग्रेस बझाङलाई थप प्रभावकारी बनाउने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार