केदारस्युँ गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि भैरव मावि लाई ।

  रमेश बाेहरा  49 पटक हेरिएको

केदारस्युँ गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि भैरव माविले जितेकाे छ। सोमबारदेखि भैरव माद्यामिक विद्यालय झोताको प्राङ्गणमा भएको अन्तर माद्यामिक विद्यालय केदारस्युँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको शुक्रबार समापन गरिएको हो ।
भैरव मावि झोताले उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण, ९ रजत, र ४ कास्य पदकसहित कुल २४ पदक हासिल गरी प्रथम स्थान प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाभरका १३ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
समापन समारोहमा केदारस्युँ गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर बोहराले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा ठूलो भूमिका खेल्ने बताए । उनले यस्तो प्रतियोगिताले पालिका स्तरमा लुकेका खेलकुद प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन गाउँपालिकाले निरन्तर लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
खेलकुद समितिका अध्यक्ष हरिस कुमार मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बोहरा प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथि उपाध्यक्ष मनिषा धामी रहेकि थिइन् ।
रनिङ सिल्डमा सञ्चालित विभिन्न विधाका खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयहरुलाई पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो  । यो प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै खेलकुदको महत्त्व उजागर गरेकोमा सबैले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार