बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते

  कल्पना उपाध्याय  147 पटक हेरिएको

बझाङ । बझाङमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। खप्तड छान्ना गाउँपालिका(४ माझीगाउँमा आज भालुको आक्रमणबाट सोही ठाउँ बस्ने २८ वर्षीया अंकिरा रोकाया घाईते भएकी हुन्।

आफ्नो घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काटन जाने क्रममा बाटोमा भालुले रोकायालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। भालुले उनको टाउको, अनुहार, छाती र दाईने खुट्टामा टोकेर घाईते बनाएको छ।

उनको जिल्ला अस्पताल बझाङमा उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार