स्थानीय स्राेत व्यक्ति पहिचान तथा त्रैमासिपक समीक्षा कार्यक्रम केदारस्युँ गाउँपालिकाकाे सभाहलमा सम्पन्न भयकाे छ । दलित सहयोग समाज ( DHS ) र वर्ल्ड भिजन इन्टरनेशनल प्रालिकाे को साम्मेदारी मा संचालित पोषण तथा उथ्थानसिल जिपिकाे पार्जन परियोजना र स्थानिय स्राेत ब्यक्ति पहिचान तथा त्रैमासिक समीक्षा कार्यक्रम केदारस्युँ गाउँपालिकाकाे सभाहलमा सनिवार सम्पन्न भएको हाे ।कार्यक्रम दलित सहयोग समाज संस्थाका अध्यक्ष मोहन लाल बि.क काे अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो।कार्यक्रममा स्वागत मन्तव्य दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालिले गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहरा रहनु भएको थियाे।कार्यक्रम मा बाेल्दै केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले समुदायस्तरमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्वबारे आफ्नो विचार व्यक्त गरे। उनले भने, “स्थानीय स्रोत व्यक्तिहरूको पहिचान र उनीहरूको क्षमता अभिवृद्धि गर्दा समुदायमा दीर्घकालीन विकासका मार्गहरू प्रशस्त हुन्छन्। पोषण र जीविकोपार्जनका यस्ता योजनाहरूले हाम्रो गाउँपालिकाका सबै वडाहरूमा सकारात्मक प्रभाव परेको छ।”अध्यक्ष बोहराले स्थानीय स्रोत व्यक्तिहरू समुदायमा नेतृत्व विकासको आधारस्तम्भ भएको उल्लेख गर्दै , व्यक्तिहरूको सक्रिय भूमिका, समुदायको सहभागिता र यस्ता कार्यक्रमको निरन्तरताले केदारस्युँ गाउँपालिकालाई अझ समृद्ध बनाउन म दृढ विश्वास राख्छु।”
उनले दलित सहयोग समाज (DHS) र वर्ल्ड भिजन इन्टरनेशनल प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गाउँपालिकाको विकासका लागि यस्ता योजनाहरूमा पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए।कार्यक्रममा विशिष्ट अतिथि कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरु रहनु भएको थियो। उहाँले कृषि क्षेत्रको दिगो विकास, नयाँ प्रविधिको प्रयोग, र कृषकहरूको आयआर्जन वृद्धि गर्ने विषयमा सकारात्मक भनाइ राख्नुभयो। साथै, उहाँले कृषिमा नवप्रवर्तन र सहकार्यको महत्वबारे जोड दिँदै सहभागीहरूलाई प्रेरित गर्नुभयो। उक्त कार्यक्रम संचालन परियोजना संयोजक रमेश बहादुर मालीले गर्नु भएको थियो ।
कार्यक्रममा ३८ जना स्रोत व्यक्तिको निर्माण र मान्यता प्रदान गरिएको छ। साथै, पहिलो त्रैमासिक समीक्षा बैठकसमेत सम्पन्न गरिएको छ, जसले परियोजनाको प्रगति र भावी योजनाहरू निर्धारण गर्न सहयोग गरेको छ।
कार्यक्रममा स्थानीय सरकार, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुख, विभिन्न सहजकर्ताहरू, र कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यतिर अध्यक्ष मोहन लाल बि.कले सबै सहभागीहरूलाई सहकार्य र समन्वयका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो मन्तव्य राखे। उहाँले स्रोतको उपयोग प्रभावकारी बनाउन सबै पक्षले सकारात्मक सोच र कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो। साथै, यस प्रकारका कार्यक्रमहरूले समुदायको सशक्तीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र समन्वय कायम रहने अपेक्षा प्रकट गर्नुभयो।