खप्तडछान्ना गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न भएको छ । पालिकाका विभिन्न ऐन तथा नियमावलिको संशोधन तथा नयाँ ऐनहरु पारित गर्दै पालिकाले शुक्रबार अधिबेशन सम्पन्न गरेको हो ।
त्यस्तै चालू आर्थिक बर्षका योजनाहरुको प्रगती समिक्षाका साथै पालिकाले आगामी दिनमा गर्ने अल्पकालीन तथा दिर्घकालिन नीति समेत पास गरेको छ । पालिका अध्यक्ष उत्तम बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ सभाका सदस्य लगायत कर्मचारी, पत्रकार लगाएत स्थानियको उपस्थित रहेको थियो ।
यसैबिच खप्तडछान्न्ना गाउँपालिकामा प्राकृतिक विपदमा परेका नागरिकहरूलाई सहयोग गर्न स्थापना गरेको विपद दान पेटिकामा जम्मा भएको रकम पनि सार्बजनिक गरिएको छ । गाउँ सभाको अवसरमा पालिका अध्यक्ष रोकायाले गत बर्ष स्थापना गरेको विपद प्रभावित नागरिकहरुलाई सहयोग गर्न बनाएको दान पेटिकामा जम्मा भएको ३७ हजार ५ सय रुपैयाँ सार्बजनिक गरेको छ ।
गाउपालिकाको सभाहलमा राखेको दान पेटिकामा गाउपालिका भित्र हुने सबैजसो बैठक सुरु हुनुपुर्व अनिवार्य दान पेटिकामा सक्दो स्वऐच्छिक तरिकाले आर्थिक दान गरिदै आएको थियो । प्रत्येक वर्ष गाउँ अधिबेशनमा गाउँ सभाका सद्स्यहरुका अगाडि पेटिका खोली पैसा जम्मा गर्ने र फेरि सो कार्यलाई निरन्तरता दिने समेत गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनु भयो ।