बझाङमा ढँडार मष्टामाँणु पुननिर्माण महाअभियान सञ्चालन, भेटी स्वरुप आर्थिक सहयोग संकलन

  कल्पना उपाध्याय  240 पटक हेरिएको

बझाङमा ढँडार मष्टामाँणु पुनर्निर्माण महाअभियान सुरू गरिएको छ । देवीदेवताहरूको पनि देवता भनेर चिनिने मष्टो देवताको माँणु पुननिर्माणका लागि बझाङमा महाअभियान सुरू गरिएको हो ।

आज विहिबार बझाङ सदरमुकाम चैनपुरस्थित होटल होलिडे ईनको सभाहलमा पत्रकार सम्मेलन गरि ढंडारमष्टा माँणुको पुननिर्माण गर्ने अभियान बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बझाङ जिल्लाका इतिहासकार,पत्रकार,कुल देवता मष्टाका आलीपाली र सरोकारवाला निकायहरूको उपस्थिति थियो ।

मष्टा गाउँपालिकाको अगुवाइ र ढंडार मष्टो पुननिर्माण मुल समितिको आयोजनामा बृहत् छलफल र सुझाव संकलन गरिएको छ । चन्दा भेटी दस हजार देखि ५ लाख सम्म दिने दाताहरूले घोषणा गरिरहेका छन् । उक्त महा अभियानलाई आत्मसात् गर्दै अहिलेसम्म मष्टा देवताका आलीपाली एवं श्रद्धालुहरुले भेटी स्वरुप आर्थिक सहयोग गरेका छन् । जस अन्र्तगत अहिलेसम्म ४१ लख ८५ हजार ६८५ रुपैया संकलन गरिएको छ ।

यी हुन् चन्दादाताहरु

उत्तम राज जोशी मष्टा गापा. ४ नम्बर वडा अध्यक्ष १०५५५५।–
२–पुरन धामी नेकपा एमाले जिल्ला कमिटी सदस्य–५५५५५५।–
३– रमेश खड्का मष्टा गापा नि. प्रमुख रमेश ब खड्का ११०५५५।–
४–शिवराज बोहरा मष्टा गापा वडा न ६ वडा अध्यक्ष २१११११।–
५– धुब्रराज उपाध्याय ( नेपाली काङ्ग्रेस जिल्ला पुर्ब सचिव)२५१२५।–
६–मुकेश धामी ( महाधिवेशन प्रतिनिधि नेपाली काङ्ग्रेस) २५१२५।–
७– कृष्ण बहादुर सिंह जनपा १ चिउरी ( हाम्रो पुस्तक भण्डार) ५२५५२५।–
८– भुपेन्द्र खड्का मष्टा गापा १ कोट्देबल ( पुवार हार्ड वयर) २५११११।
९– पुष्पराज जोशी मष्टा ४ स परिवार भातेखोला ३०३३३३
१०– उमा शंकर जोशी र डाक्टर सुरेन्द्र जोशी ( दाजुभाइ ) मष्टा ४ भातेखोला ४०११११।–
११– हंश बहादुर धामी मष्टा ३ धामी गाउँ १२५५२५
१२– गणेश बहादुर धामी मष्टा ३ धामी गाउँ १०११११
१३– हरि प्रसाद जोशी मष्टा ४ भातेखोला( शिक्षक) १०७७७७
१४– शैलेन्द्र जोशी मष्टा ४ भातेखोला( ग्रामीण बिकाश बैंक सुप प्रमुख ) १०११११
१५– प्रकाश खड्का मष्टा २ वडा अध्यक्ष ११११११
१६– महेश राज जोशी मष्टा ४ भातेखोला १०११११
१७– हर्क धामी मष्टा गापा उपाध्यक्ष १२२५२५
१८– धर्म राज धामी मष्टा ३ न वडा अध्यक्ष १२११२१
१९– बलभद्र कुवर तल्कोट गापा १ चौर( सुरत हार्ड वयर) १०११११
२०– बिरेन्द्र बहादुर सिंह मष्टा १ रनाडा( शिक्षक) १०११०५
२१– दिपशिखा भण्डारी स्व. हरिमल भण्डारीको नातिनी दिपक भण्डारीको छोरी १०५५२५
२२– लोक बहादुर खड्का मष्टा १ कोट्देबल १०१५०५
२३– दिनेश खड्का मष्टा १ कोट्देबल १०५००५
२४– देबेन्द्र बहादुर सिंह जनपा १ चिउरी ५००००
२५– शैलेन्द्र ब रोकाया ( संस्थापक खप्तड एफ एम) सुचना निशुल्क प्रसारण सहित ३११११
२६– झलक ब. सिंह साइपाल एफ एम स्टेसन मेनेजर निशुल्क शुचना प्रसारण सहित २६५०५
२७– प्रताप ओली (संस्थापक जयपृथ्बी एफएम)निशुल्क सुचना प्रसारण सहित २५५२५
२८– ललित बहादुर सिंह ( पत्रकार महासंघ जिल्ला अध्यक्ष ) २५५२५
२९– अग्नीराज जोशी मष्टा ४ भातेखोला ( पुर्ब शिक्षक) ३००००
३०– हर्क बहादुर खड्का मष्टा १ कोट्देबल ( पुर्ब गाबिस सचिव) २५२३५
३१ जोग बहादुर कठायत मष्टा ३ भिन्मड २५५२५
३२– घन बहादुर थापा र टीका थापा ( दाम्पत्य) काठमाडौं ११०००
३३– झलक ओखेडा मष्टा १ डुम्राकोट १००००
३४– रबिन्द्र जोशी मष्टा ४ भातेखोला ५५०५

यस्तो मष्टो देवताको ऐतिहासिकता र महत्व

संसारभर छरिएर रहेका मष्टोपूजकहरूका कुलदेवता मष्टाको मुख्य पान, नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत बन्काड जिल्लाको मष्टा गाउँपालिकामा छ । यहीबाट मप्टोको उत्पती भएको विश्वासका असारमा यो क्षेत्रलाई मष्टा देवताको राजधानी समेत मानिन्छ। मष्टोपुजकहरूले आफु बसेको ठाउँमा चाम थापेर मष्टो सस्कृतिको श्रद्धा पुर्वक पालना गरिरहनु भएको छ । यद्यपी मष्टाको उत्पत्ति थलोमा रहेको धान भने जिर्ण अवस्थामा रहेको सन्दर्भमा मुल माणूको पुरातात्विक महत्वको संरक्षण गर्दै पूर्ववत अवस्थाको नाप नक्सा अनुसार नै पुनर्निर्माण गर्ने र मष्टो संस्कतिलाई अझ जीवन्त बनाउने उद्देश्यले मष्टा गाउँपालिकाले पूर्ननिर्माण महाअभियान संचालन गरेको छ।यसको आर्थिक श्रोत सकलन र व्यवस्थापनको लागि पालिकाले कार्यविधि तयार गरी पुनर्निर्माणको मूल समिति गठन भई सजेको छ।

मष्टो सभ्यता

नेपालका विभिन्न सभ्यताहरू मध्ये मष्टोको सस्कृति र सभ्यता अत्यन्त पुरानो मानिन्छ। यस सभ्यता अन्तर्गत हुने देवी देवताको पूजाविधि प्रकृतिसँग जोडिएको छ । मष्टा देवतालाई विभिन्न स्थानमा विभिन्न नामबाट पुकारेर पूजा हुने गरेको छ । यस क्षेत्रमा पूजा गरिने सबै देवी देवताहरू मष्टा देवतासँग जोडिएका छन । मष्टा देवतालाई पृथ्वीका राजा र भूमिति भनेर गान्ने गरिन्छ। उनी देवराज इन्द्रको पुत्र भएको मान्यता समेत रही आएको छ। नेपाल बाहेक भारतीय भूभाग उत्तराखण्ड, हिमाञ्यन, उत्तर प्रदेश, आसाम, सिक्किम राज्यहरूका साथै दार्जिलिङमा समेत मष्टो देवताको पूजा हुने गरेको छ। नेपाली भूभागमा मष्टो भनेर चिनिने गरेकोमा कुमाऊँ तर्फ मोष्टा र नेपालको पूर्वी भेग तर्फ केहीले मष्ट समेत भन्ने गरेको पाइन्छ। यसबाहेक केही क्षेत्रमा यी देवताको अन्य स्थानीय नाम दिएर समेत पूजा गर्ने गरेका छन । मष्टालाई केही जातिले कुन अथवा कुलायन भनेर नियमित रुपमा पूजा गर्ने गर्दछन। यसका अलावा युरोप, अमेरीका महादेशमा बसिरहेका मष्टोपुजकहरूले पनि त्यहाँ विभिन्न तरिकाले मष्टीपुजन गर्ने गरेका छन ।

स्थानीय मान्यता अनुसार मष्टा देवताको मुल माणु (धान) प्राचीनकालमा गोठालाहरू बस्ने खर्कको रुपमा रहेको भनाइ छ । पछि मष्टा देवताको आज्ञा अनुसार उक्त खर्कलाई माणुको (हालको अवस्थामा ल्याइएको थियो। ऐतिहासिक श्रोतहरूले हालको माणु विक्रम संवतको एघारौ शताब्दी भन्दा अगाडि नै निर्माण भएको देखाउंछन । पहिले यो माणुसालिम स्थानीयले घर छाउने खर) से साडाएको र प्रत्येक बर्ष बाली पानीले छाउने गरेका थिए। पछि बालीपानीको सहभागिता कम हुँदै गएपछि टिनको पाताले छाना छाउने काम नयी।नेपालमा राजसस्था कायम हुँदा सम्म इंडार मष्टाको पर्व इन्द्र जात्राको दिन राजदरबारबाट वर्षेनी बोका, तया भेटी पठाउने चलन समेत थियो। यस माणुमा २०५७ साल फागुनमा रहस्यमय तरिकाले जागलागी भएको थियो। यसको बशुभ संकेतको रुपमा २०३८ साल जेठमा नेपालको राजपरिवारमा वंश विनाश भएको विश्वास गरिन्छ। यहाँ भएको अशुभ घटनाले राष्टिय अन्तराष्टिय प्रभाव पार्ने विश्वास अहिले पनि कायम छ। आगलागिको घटना पछि केही आस्थावान व्यक्तिहरूले टिन उपलब्ध गराएपछि खरको सट्टा टिनले छाउने काम भएको थियो। मो मर्मत कार्य भएको पनि धेरै समय भई सकेका कारण हाल माणु जिर्ण अवस्थामा रहेको छ। ठाउँ ठाउँमा पर्यानका दूंगा झरेका छन। छानामा दिनहरू कुच्विएर काम नलाग्ने भई सकेकार वरिपरिका काठहरू मक्कि सकेका छन । अत्यन्त जीर्ण अवस्थामा रहेको यो इंडार माणु जिर्णोद्वारको पर्खाइमा रहेको छ।

पुर्ननिर्माण महाअभियानको उद्देश्य

हाल मष्टा गाउँपालिकाले ढंडार मष्टामाणुको पुनर्निर्माण गरी मष्टो सभ्यताको संग्राहलयको रुपमा विकास गर्ने लक्ष्य निएको छ। यो काम सरकारी तथा निजी साझेदारी अवधारणा अन्तर्गत गर्ने गरी पालिकाले यो महाअभियान सुरु गरेको हो। यस कार्यमा तीनै तहका सरकारका साथै मष्टा देवता र यी देवतासंग सम्बन्धित अन्य देवताका आली पाली, वास्याचान व्यक्ति र गैर सरकारी संघ सस्थाका साथै सभ्यता संरक्षणमा योगदान गर्न चाहाने व्यक्ति वा सस्थाहरूबाट सहयोग जुटाउने अपेक्षा गरिएको छ। मष्टा गाउँपालिकाले ढँडार मष्टा माणु पुनर्निमाण कार्यविधि तयार गरी सोही बनुसार माणुको पुनर्निर्माण गरिने छ। ढँडार मष्टामाणु र आसपासका संरचनाहरुको निर्माण कार्य सम्पन्न गर्नका लागि अनुमानित लागत रु ९ करोड ६८ लाख २३ हजार ४ सय ९३ लाग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार