बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो।
गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन। बच्चा जन्मिएको केही समयमै दुबै जनाको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले बताए। घटनाको विषयमा पछि मात्र जानकारी पाएको उनले बताए। यस्तो खबर आएपछि गाउँपालिकाबाट एम्बुलेन्स पठाए पनि आमा र शिशुलाई बचाउन नसकिएको बताइएको छ।
परिवार र गाउँलेहरूले स्ट्रेचर नपाउँदा समयमै अस्पताल पु¥याउन नसकिएको बताउँदै गम्भीर दुःख व्यक्त गरेका छन् । डुडिल क्षेत्र लगायत केदारयुँ गाउँपालिकाका दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच नहुनु र आधारभूत उपकरणको अभावले धेरैले ज्यान गुमाउनु परेको स्थानीयहरूको भनाइ छ ।
स्थानीय बासिन्दाले तत्काल गाउँपालिका र सम्बन्धित निकायलाई दुर्गम क्षेत्रमा स्ट्रेचर र अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग गरेका छन् । यो घटनाले स्वास्थ्य सेवा र सुविधा अभावले ग्रामीण क्षेत्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने प्रस्ट पारेको स्थानियको भनाइ छ ।