मातृशोकमा अस्ताइन रोहिणी, आमाछोरीको सँगै अन्त्येष्टि

  कल्पना उपाध्याय  942 पटक हेरिएको

बझाङ । बझाङमा आमाको शव देखेर बेहोस भएकी छोरीको निधन भएको छ । थलारा गाउँपालिका–९ आमबगर टोलमा यस्तो दुखदायी घटना भएको हो ।

लामो समयदेखि स्वास्थ्य स्वयंसेविकासमेत रहेकी पञ्चमाला जोशीको शनिबार ढुंगा लागेर ज्यान गएको थियो । मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला माथिबाट खसेको ढुंगा लागेको थियो आमाको मृत्युपछि धनगढीमा पढिरहेकी छोरी रोहिणी आइतबार घर आएकी थिइन् ।

स्थानीय कृष्ण विष्टका अनुसार शव देख्नबित्तिकै उनी बेहोस भएर ढलिन् । आइतबार अपरान्हसम्म बेहोस अवस्थामै रहेकी उनको अवस्था पनि गम्भीर बन्दै गएपछि आफन्तले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमा–छोरीको मृत्युको कारण यतिबेला आमबगर गाउँ शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार