खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

  कल्पना उपाध्याय  89 पटक हेरिएको

खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ । खप्तडछान्ना गाउँपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन खप्तडछान्ना गाउँपालिका–२, लामातोला माध्यमिक विद्यालयमा गरिएको हो । प्रतियोगिता अन्तर्गतका खेलहरू सोहि विद्यालयको खेलमैदानमा सञ्चालन गरिन लागिएको खप्तडछान्ना गाउँपालिका ४ का वडा अध्यक्ष ईश्वर बहादुर रोकायाले बताउनु भयो ।

प्रतियोगितामा पालिका भित्रका ८ वटा माध्यमिक विद्यालयहरूको सहभागिता छ । प्रतियोगितामाको पहिलो दिन आज छात्र छात्रा दौड प्रतियोगिता शुरु गरिएको छ । आज पहिलोदिन दौड प्रतियोगितामा लामातोला मा.बि. स्वर्ण – १ । कास्य – १, महेश्वरि मा.बि. गडराय, स्वर्ण – १ । रजत – १ । कास्य – १. खप्तड मा.बि कालुखेति रजत – १, दुर्गा महालिङ्ग मा.बि चौका रजत – १, कोटिखेत मा.बि बयाना . कास्य – १ प्राप्त गरेको छ । प्रतियोगिताका बाकि खेलहरु भोलि संचालन गरिनेछन् ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, भाला फाल, सटपुट र लङ जम्प लगाएतका खेलहरू समावेश गरिएका छन्। यस प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्नुका साथै, उनीहरूको प्रतिभा उजागर गर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

खेलकुद समितिका अनुसार, खेलले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। खप्तडछान्ना गाउँपालिका खेलकुद समितिका अध्यक्ष भिम बहादुर रोकायाको प्रमुख आथित्यतामा भएको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा खेलप्रेमी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियोे ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष उत्तम रोकायाले सहभागी सबै बिद्यालयहरुलाई शुभकामना व्यक्त गर्दै खप्तडछान्नाको खेलकुद विकासका लागि आफ्नो तर्फबाट गर्न सकिने कुनैपनि सहयोगको लागि सधै तयार रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार