सेती नदिमा चिप्लिएर एक युवतीको ज्यान गयो

  कल्पना उपाध्याय  801 पटक हेरिएको

बझाङ: बझाङको सेती नदिमा चिप्लिएर एक युवतीको ज्यान गएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-१ काप्रिगाउँकी २३ वर्षीया संगीता जोशीको सेती नदिमा चिप्लिएर आइतबार ज्यान गएको हो ।

आज आइतबार बिहान करिब १० बजे तिर स्थानीय भाँडे बजारमा सामान पुर्‍याएर घर फर्किने क्रममा सोही वडाको भण्डारीगाउँ नजिकै सेती नदिमा चिप्लिएर बग्दा उनको ज्यान गएको स्थानीयले बताएका छन् ।

उनि चिप्लिएर लडेको स्थानबाट करिब ५ सय मिटर तल सेती नदिमा बगेको प्रहरीले जनाएको छ । उनलाई भाँडेबजार झोलुङ्गे पुल नजिकै मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार