बझाङमा मालबाहक ट्रक दुर्घटना भएको छ । जयपृथ्वी राजमार्ग अन्र्तगत छविसपाथिभेरा गाउँपालिका – १ जालेबगर नजिकै आज दिउँसो ४ बजेतिर मालबाहक ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवत्ता एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनगढीबाट बझाङ सदरमुकाम चैनपुर आइरहेको से १ ख ३६९१ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा चालक बैतडीको सिगास गाउँपालिकाका अन्दाजि २८ तपेन्द्र चन्द सामान्य घाइते भएका छन् । चामल बोकेको उक्त ट्रकमा चालक मात्रै सवार थिए । ट्रक सडकबाट ५ मिटर तल खसेको बताइएको छ ।