समय अगावै पुल निर्माण गर्ने निमार्ण व्यवसायीलाई खप्तडछान्ना गाउँपालिकाद्धारा सम्मान

  कल्पना उपाध्याय  306 पटक हेरिएको

खप्तडछान्ना गाउँपालिकाले समय अगावै पुल निर्माण गर्ने निमार्ण व्यवसायीलाई सम्मान गरेको छ । आज बुधबार बसेको कार्यपालिकाको बैठकबाट निर्धारित समय अगावै तोकिएको काम पुरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको हो ।

खप्तडछान्ना गाउँपालिका – ३ मा पर्ने बामिली गाड लम्तडाको पुल निमार्ण गर्ने सुर्मा सरोबर पिके कन्स्ट्रक्सन निर्माण कम्पनीलाई गाउँपालिकाले प्रमाणपत्र सहित सम्मान गरेको हो । आगामी पुस महिनासम्म निर्माणको अवधि भए पनि असोजमै निर्माण कार्य भएको हो । २०८१ पुस मसान्तभित्रमा योजना सम्पन्न गर्ने गरी २०८० साल असार ३१ गते सुर्मा सरोबर पिके कन्स्ट्रक्सन निर्माण कम्पनीसँग ३ करोड ९१ लखमा पुल ठेक्का सम्झौता गरिएको थियो । तर ठेक्का सम्झौता मितिभन्दा चार महिनाअगावै पुल निर्माण सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुर्मा सरोबर पिके कन्स्ट्रक्सन निर्माण कम्पनीका मुख्य प्रतिनिधि शेर बहादुर बोहराले जानकारी दिनुभयो । उहाँले अहिले उक्त पुल सञ्चालनमा रहेको बताउदै पुलको निर्माण कार्य असोज मसान्तमै सकिएको बताउनुभयो ।

पुल निर्माणपछि यस क्षेत्रका नागररिकलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुने मात्र नभई बामिली क्षेत्रको बाटो भएर खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने बाटो समेत भएकाले पर्यटनमा समेत विकास हुने अपेक्षा गरिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

यसअघि खप्तडछान्ना गाउँपालिका –१ म रहेको एैराडी पुल र वडा नम्बर ७ गडरायमा समेत पक्कि पुल निर्माण भई सञ्चालनमा आएको उहाँले बताउनुभयो । अहिले खप्तडछान्ना गाउँपालिका – २ कुचेखोलामा पुल निमार्ण कार्य भइरहेको बताउदै अध्यक्ष रोकायाले पुल छिटो छरितो निमार्ण गर्न निमार्ण कम्पनिलाई निर्देशन दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार