बझाङमा अरिङ्गालकोे टोकाइबाट एक बालकको ज्यान गयो

  कल्पना उपाध्याय  1809 पटक हेरिएको

बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो ।

आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभए पछि उनलाई आइतबार राति नै जिल्ला अस्पताल बझाङ रेफर गरिएको थियोे । उनको उपचारको क्रममा आज सोमबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अर्का घाइते बालक ५ वर्षिय शितल धामीलाई भने स्वास्थ्य
चौकीमा उपचार पछि निको भइसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार