बझाङमा जिप दुर्घटना,चार जना घाइते

  कल्पना उपाध्याय  2081 पटक हेरिएको

बझाङ : बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा सोमबार बिहान १० बजे जीप दुर्घटना भएको हो ।

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।  घाइते हुनेमा तलकोट १ का ५६ वर्षिय बिर बहादुर बम, सोहि ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका ११ का १७ वर्षिय शंकर धामी र २५ वर्षिया विद्या बोहोरा रहेका छन् । जिपमा ७ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइतेको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको र जीप दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । जीप सडकमै पल्टिएकाले थप क्षति हुनबाट जोगिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार