अज्ञात समुहले तोडफोड गरेको खप्तडछान्नाको टावर सुचारु

तोडफोड गर्ने लाई पत्ता लगाउन सहयोग गर्न स्थानीयलाई सहयोगको अपिल

जिल्लाको  खप्तडछान्ना गाउँपालिकामा अज्ञात समुहले तोडफोड गरेको   नेपाल टेलिकमको टावर सनिवारबाट सन्चालनमा आएको छ । नेपाल टेलिकम डडेलधुरा र क्षेत्रिय निर्देशनालय अत्तरियाबाट शुक्रबार आएको टोलीले सनिवार मर्मत गरि सुचारु गरेको हो ।

कार्यालय प्रमुख बिश्नु भण्डारीले  टावरमा क्षती भएका सबै उपकरणहरु नया फेरेर मर्मत गरे पछि सेवा सुरु भएको जानकारी दिनु भयो । उहाँले सार्बजनिक सम्पती तोडफोड गर्नु जघन्य अपराध भएको बताउदै यस्तो गर्ने मानिस लााई कानुनी कठघेरामा ल्याउन सबैले सहयोग गर्नु पर्ने समेत बताउनुुुयो । खप्तड छान्ना गाउपालिका वडा नॅ ४  खत्रीवाडा माथी रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समुहले तोडफोड गरेपछि पुरै गाउपालिकाका केही स्थानहरु सम्पर्क विहिन वनेको थियो ।
दशैको अघिल्लो राती अज्ञात समुहले टावरको सम्पूर्ण उपकरणहरु ढुङ्गाले तोडफोड गरेर काम नलाग्ने अवस्थामा बनाएको थियोे । गाउँपालिका अध्यक्ष उत्तम रोकायाले भन्नुभयो” हामिले निरन्तर रुपमा टावर मर्मत गर्नका लागि ताकेता गरेका थियौ । तोडफोड गर्नेलाई पत्ता नलगाउन सम्म मर्मत गर्न नसकिने जवाफ आए पछि केही ढिलो भएको समेत बताउनुभयो । उहाँले तोडफोड गर्नेहरुको अझै पहिचान हुन नसकेकाले त्यस्तो सुराक कसैलाई छ भने नजिकको प्रहरी चौकी वा प्रहरीको हटलाइन १०० मा कल गरि सहयोग गर्न समेत स्थानीय लाई अपिल गर्नुभयो ।

टावर भने शनिबार देखि सुचारु भइ सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार