बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारको क्रममा मृत्यु 

  कल्पना उपाध्याय  2308 पटक हेरिएको

बझाङ : बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ८ कि जुना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानकोट पुलबाट नदीमा हाम फालेकी युवतीको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी किशोर जोशीले जानकारी दिए ।

उनका अनुसार २३ वर्षीय युवती नदीमा हाम फालेको र उनको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उद्धार लगत्तै उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले युवतीलाई मृत घोषणा गरेका थिए ।

वडा प्रहरी कार्यालय चैनपुर र जिल्ला प्रहरी कार्यालय बझाङको टिमले युवतीले हाम फालेको जानकारी पाए लगत्तै उद्धार गरी अस्पताल पुर्‍याएको र उक्त कार्यमा लागेको १५ मिनेट समय अवधिमा युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी किशोर जोशीले बताए । घटना बारे थप अनुसन्धान भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार