सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठूलो ऐतिहासिक तथा पर्यटकिय सुर्मा देबी मेला (शिलदेबी)को अवसरमा सुदूरपश्चिम प्रदेशकै सबै भन्दा बढी धनराशीको भलिवल प्रतियोगिताको आबस्यक तयारी पुरा भएको छ । बझाङ उद्योग बाणिज्य संघले आयोजना गरेको “चौथो उद्योग बाणिज्य कप २०८१” लागी सम्र्पुण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
कोज्रागत पुर्णिमाका दिन लाग्ने कात्तिक १ गते देख सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश भलिवल प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक राशी देश भरिका अन्र्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख दुई हजार एकासी रुपैयाँ , द्धितिय तर्फ एक लाख दुई हजार एकासी रुपैयाँ , तृतिय पुरस्कार बाउन हजार एकासी रुपैयाँ र सान्त्वना पुरस्कार १२ हजार एकासी रुपैयाँ राखिएको थियो । त्यसै गरि महिला भलिवल तर्फ प्रथम पुरस्कार एक लाख दुई हजार एकासी रुपैयाँ , द्धितिय तर्फ बाउन्न हजार एकासी रुपैयाँ , तृतिय पुरस्कार बाईस हजार एकासी रुपैयाँ र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ रहेको बझाङ उद्योग बाणिज्य संघका अध्यष दान बहादुर सुर्मेलीले बताउनुभयो । त्यस्तै गरि सुर्मा देबि मेलाकौ अबसरमा पालिका स्तरिय लाईभ देउडा प्रतियोगिता समेतको आयोजना गरिएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले प्रतियोगिताको सम्र्पुण तयारी लगभग पुरा भएको छ । मेलालाई ब्यवस्थित गर्न स्वयकसेवक परिचालन , मन्च ब्यवस्थापन , प्रतियोगिताका लागी आबस्यक अन्य सम्र्पुण काम सकिएको समेत बताउनुभयो । त्यस्तै बझाङ उद्योग बाणिज्य संघका महासचिब नरेन्द्र खड्काले लाईभ देउडा प्रतियोगिताका लागी पालिका स्तरबाट पाँच पाँच जनाको टिमले आफ्नो स्थानीय पोसाक सहित हाम्रो संस्कृती , भाषा कला भल्कने प्रस्तुतीमा जोड दिन समेत सबैलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा कृषी मेला प्रर्दसनी समेत गरिने भएको छ । पत्रकार सम्मेलनमा पत्रकारहरुले गुनासो ततथा सुझाव राख्नु भएको थियो भने संघका अध्यक्ष सुर्मेली , उपाध्यक्ष संकर रसाईली र महासचिब खड्काले पत्रकारहरुका जिज्ञासा मेटाउनु भएको थियो ।
यस मेलालाई हेर्न हजारौ तिर्थयात्री तथा पर्यटकहरु सदरमुकाम आउने क्रम जारी रहेको छ । सुर्मा देबीको भक्त आलिपालीका समुदायले पुजा आराधना गरे सोचेको काम पुरा हुने ,पुत्र नभएकाहरुको पुत्र लाभ हुने ,सुखशान्ती हुने भन्ने किम्बदन्ती रहदै आएको छ । मेला लाई धार्मिक एबम् पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण रुपले लिने हुनाले स्वदेसी तथा बिदेसी पर्यटकको आगमनले समेत दिन प्रतिदिन मेलाको आर्कषण बढदै गएको छ ।
सुर्मा देबी मेलामा बिषेस गरि सुदूरपश्चिम लगायत नेपालका बिभिन्न क्षेत्रबाट र भारतको पिथौरागढ, दिल्ली, देरादुन लगायतका अधिकासं क्षेत्रबाट तिर्थ यात्री तथा पर्यटक आउने गर्दछन् । सदरमुकाम चैनपुर सम्म गडी पुगे पछि बाह्य पर्यटक हरु आउने क्रम बढेको हो । तिब्बत सगं जोडने बझाङको ताक्लाकोट नाका बाट कैलास पर्बत, मानसरोबर ,सुर्मा ताल, लगायतका क्षेत्रमा यस मौसममा जान सजिलो र पर्यटकिय क्षेत्रको अबलोकनमा सहज हुने हुनाले पर्यटकहरुको आगमनमा बृद्घी भई रहेको स्थानीय निरनरामजोशीले बताउनुभयो । उहाँले मेला लाई अझ ब्यबस्थित बनाउन स्थानीय यूवा समाज सेबी सुरक्षाक्रर्मी अहोरात्र खटेका जानकारी दिनुभयो । मेलाको अबसरपारि बिभिन्न कार्याक्रमको समेत आयोजना गरिएको छ । मेलाको अबसरमा महिला पुरुष भलिबल प्रतियोगिता , देउडा प्रतियोगिता र साँकृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । मेला शान्तिपुर्ण रुपले सम्पन्न गर्न मेला अबधी भर जाड रक्सी बन्द गरिएको छ । सुर्मादेबी मेला अबलोकनमा स्थानीय संस्कृती डेउडा ,भुवो, छैटी लगायतका स्थानीय झाँकी रु हेर्न र नजिकै रहेको खप्तड,बडी ज्याबन, बित्थड, लिगांपाटन जस्ता सुन्दर रमणिय ठाउँबाट सैपाल तथा अपि हिमालको दृस्याबलोकनमा समेत यस मौसममा राम्रो हुने हुनाले पनि धार्मिक पर्यटन रुपमा दिन प्रतिदिन बिकास भई रहेको छ ।