बझाङका तीन स्थानमा टेलिकमको अप्टिकल फाइवर लाइन विस्तार

नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य

  कल्पना उपाध्याय  454 पटक हेरिएको

बझाङ : नेपाल टेलिकम बझाङ शाखाले बझाङका तीन स्थानमा अप्टिकल फाइबरमार्फत द्रुतगतिको इन्टरनेट विस्तार गरेको छ । टेलिकमले केदारस्युँ गाउँपालिकाको देउरा, झोता र वित्थडचिर गाउँपालिकाको देउलेकमा पहिलोपटक ग्राहकलाई वायरलेस प्रविधिको ‘फोरजी’ सेवा तथा एफटिटिएच (अप्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो । यसअघि यी स्थानमा राम्रोसँग नेटवर्क नचल्ने समस्या थियोे ।

हाल उक्त प्रविधिलाई स्तरोन्नति गरेपछि टेलिकमले अप्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

सेवाको स्तरोन्नति र विस्तारसँगै अब यि स्थानका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहे सम्मको सेवा लिन पाउने भएका छन् ।

कार्यालयका प्रमुख वम बहादुर सिंहका अनुसार अब छिट्टै जिल्लाका अन्य स्थानमा पनि सेवा सञ्चालनमा आउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार