नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले मानिसलाई बेग्लै अनुभूति गराउँछ। जीवनमा अनेक समस्या आउँछन् जान्छन् तर कतिपय मानिसलाई जहाँ गए पनि समस्या उही त हो, पीर उही त हो, कतै जाँदैमा के हुन्छ र यात्रा गर्दैमा के नै हुन्छ र भन्ने लाग्न सक्छ।
कहिलेकाहीं जिन्दगीका पानाहरु पल्टाएर हेर्दा थुप्रै कामहरु गर्न बाकी जस्तो लाग्छ। मलाई लाग्छ जीवनको आफ्नै गति हुन्छ। आज एक काम हुँदा भोलि अर्कै काम गर्नै पर्ने आज एक ठाउँ घुम्दा भोलि अर्को ठाउँ घुम्न मन लागिहाल्ने। जीवनको कुनै अर्थ छ भने त्यो हामीले दिने अर्थ अथवा महत्व हो। आफैमा जीवन अर्थहीन छ। यसलाई अर्थपूर्ण बनाउन हाम्रा कर्मले मद्धत मात्र गरेको हो।
Covid-19 छ। अबको विकल्प मेरा लागि म आफैं घुम्न मनपराउने भयका कारण पनि घुम्ने रहर भयका साथी सर्कल कताकता बाट एक ठाउँमा जोडीहाल्छौं। बाजुरा घुम्ने भन्ने हामी साथीहरु बीच कुरा भइराख्थो। सबैको उचित साइतको पर्खाइमा थियौं। असार १९ शनिवारको दिन पक्का भो बाजुरा यात्रा क्षणदह सम्मको हाम्रो तयारी सबै पूरा गर्यौ। यात्राको साथि बाइक अनिवार्य भएकाले यात्रा त्यो दिन अलि ढिलो दिउसो १२:०० तिर छान्ना पसलबगरबाट सुरु भयो। बाजुरा छेडेदह पुग्ने रमाइलो गर्ने फर्कने, बस यति थियो योजना। यात्रामा बरुण, जेके, पासा, भाला, पर्पल, सत्यराज गुरु, सत्यम, मदन, माधब, भानु। भानु (मामा) ग्यारेजमा काम गर्छन बाटोमा सामान्य Bike समस्या केही भइहाले चिन्ता छैन केइ। हामी १० जना पाँच बाइक। यात्रा अघाडी पछाडि गर्दै हाँसो ठट्टा अनि सोमरसको झट्का। अपरान्ह २:०० बजे बाजुरा छेडेदह तालको परिक्रमा गर्यौ। प्रकृतिले सजिएको सुन्दर ताल / दहमा बहुत रमाइलो गरियो। कोही नाँच्ने, कोही गाउने, कोही पानीमा पौडिने, कोही बाइक कुदाउने, बाइक कला देखाउने, रमाइलोका आफ्नै रुपरङ्गी, भावभङ्गी थिए।
यात्रामा मन परेका साथीहरूसँग घुम्नुको मज्जा पनि बेग्लै हुन्छ। अझ नयाँ–नयाँ मानिससँग यात्रा गर्नुको कौतूहलता बेग्लै हुन्छ। त्यसमाथि आफूले प्रेम गरेको मानिस पनि सँगै यात्रामा छ भने ऊसँग नजिक हुने र गफ गर्दै एक–अर्कालाई बुझ्ने सुनौलो अवसर प्राप्त हुन्छ। कतै गुमनाम ठाउँमा आफ्नो नाम, पहिचान सारा कुरा बिर्सेर नयाँ मानिससँग भलाकुसारी गर्नु तथा नौलो सोच र तर्क सुन्नुको मज्जा बेग्लै हुन्छ।
यात्राका दौरानमा अनेक खालका रमाइला/नरमाइला घटना घट्छन्। कतिको यात्रा बीचमै मोडिन्छ, तोडिन्छ। हाम्रो यात्रा पनि मोडियो छेडेदहको यात्रा बाजुरा आँटीचौर पुग्यो नभन्दै अलि पर अलि पर पुग्दा पुग्दा बाजुरा बिरे झरनाको मज्जा लियर मार्तडी पुग्यौं। यो सबै सुखको खोज हो। थप रमाइलोको खोज हो। यसो गरेर हुन्छकी उसो गरेर हुन्छ। बाजुरा विरे झरनाको सौन्दर्यताको हामी बयान गर्न सक्दैनौं। क्या गज्जब वा वा वा मात्र भन्न सक्छौं। अनेक हन्डरका बिच यो झरनाले हामी सबैको दुःख मेटाई दियो। सबै दुःख चैट। वाह विरे झरना। बाटोमा हाम्रा बाइक चिप्लिए, ढले, लडे, हिलो वर्षा अनेक चाेट सबै स्वाहा विरे झरनाको ताकत बबाल हैनत गाइज़।
सामाजिक अभियन्ता केपी खनाल द्वारा निर्माण भएको बाजुरा अनाथ घरमा पनि पुग्यौं। त्यहा बसेका बालबालिका अनि अन्य सबै कुराको अबलोकन गर्यौ। सबै व्यवस्था राम्रो रहेछ। जय होस्। केपी खनालको भनियो।
जब मार्तडी बेलुका झिसमिसे उज्यालोमा पुग्यौं। क्याफेमा मेनु लिस्ट हेर्यौं। नेपालिको बानि उहिँ त होनि अन्तिममा म:म: चिकेन चाउमिन खायौं। मार्तडी धेरै साथीहरु पहिलो पटक पुगेका थियौं। यसो बजार नियाल्यौ राम्रै रहेछ। सुरक्षीत नै रैछ है केटा हो हाम्रो चैनपुर भन्दा त भनेर कानेखुसी पनि गरेउ। रात पर्दैगयो अब होटेल तिर छिर्यौ। रातको समय होटल HillTop मा बस्यौं। हाम्रो प्रिय दाई सुरेन्द्र रोकाया (रौले) दाई मार्तडीमा नेपाल प्रहरीको रुपमा कार्यरत हुनुहुन्थ्यो नभेटी भयन रौले दाईलाई भनेर फोन लगायौ तुरुन्त आउनु भयो। न्यानो माया सहित हाम्रो टिमलाई खुसि भयर स्वागत गर्नु भयो। HillTop मा करिब तिन घण्टामै हाम्रो २५,०००/-पच्चीस हजारको बिल निस्कियो। रौले दाई अनि अर्को गजेन्द्र (गजी) साथी जो बाणिज्य बैंकमा काम गर्नुहुन्छ दुवैजनाले सबै बिल मिलेर तिर्नुभयो। यो सबै माया हो, आत्मियता हो, भाईचारा हो, मित्रता हो। जय होस् भनियो।
मार्तडीको माहोल हेर्दा राजनीतिक लफडा केही दिनदेखि चलिरहेको रहेछ। मदन सर (गा.पा.को लेखापाल हुनुहुन्छ) उहाँको असारे मसान्तको काम विशेष लाई मध्यनजर गर्दै राति ११:०० बजे हिडौँ भन्दा पासा सहमत हुन आनाकानी गर्न थाल्यो। राति यात्रा नगरौं। दुख पाईन्छ भन्ने मनसाय उसको थियो। त्यहाँको माहोलमा पनि सुरक्षित महसुस नभएकाले जिद्दी गरेर, फुल्यायर, फकायर पासालाई मनाए पछि रौले दाई प्रति हार्दिक धन्यवाद दिँदै हामीले बाइक स्टार्ट गरेर ल हिंडेम है दाजु भन्दै बिदाईका हात हल्लायौं। एक्कैछिनमा ३/४ सय मिटर अगाडी डाँडामा ट्राफिक प्रहरीले झ्याप्प रोकीहाल्यो। प्रहरीले सबै प्रश्न सोध्यो। हामी संग अर्थपूर्ण जबाफ थिएन। रौले दाइलाई कल गरेर बोलायम रौले दाई पुग्नुभयो। आम्मामामा… रौले दाईले यस्तो थर्कायो यस्तो थर्कायो ती प्रहरीलाई मलाई शब्दचयन गर्न गार्हो भइरहेको छ। जे भएनी हाम्रा कमजोरी स्वीकार्दै टाकनटुकन मिलाउँदै फेरि रौले दाई प्रति आभार व्यक्त गर्दै राति ११:३० मा यात्रा अगाडि बढ्यो। करिब १२:०० बजेतिर हुनुपर्छ मार्तडीको पानी यस्तो कडा, यस्तो कडा कुरै नगरौँ। जाँदाखेरी पानी बिनाका खोला आउँदा त उर्लेर पो आयका छन्। बाटो कुहिरोले ढाकेर बाइक चलाउन गार्हो छ। जीवनमा अनुभव गर्न पाइयो यस्तो कडा पानी अनि नसोचेका खोला, रातको समय, बिरानो ठाउँ, हरिबिजोग अवस्थामा खोलामा बाइकको टाउको, पुच्छर, हात, कान समाउँदै, तार्दै, समाउदै तार्दै। तुफान भएर आएका खोला सबै पार गरेपछि अब बाचियो हैं भन्ने फिल भएको थियो। सुन्दै जाँदा मार्तडीमा पानी परेपछि कडा पर्छ रे भन्ने सुनियो। हो रैछ भनेर पत्याइयो।
जब सुरक्षित ठाउँमा पुगियो रातको १:०० बजिसकेको थियो। हामी पूरा शरीर भिजेका थियौं। थरथर कापिरहेको अबस्था खुट्टामा चोट ओहो … भ्रमण गर्दा घटेका अनपेक्षित घटनाको वर्णन कसरी गरम हौ। बाइक चलाउने साथीहरु पनि बल्याई हुन् साइभौं। जय होस् याराहरु। विशेष आभार।
रातको ३:३० मा छेडेदह पुग्यौं दी हिमालयन कटेज एंड लजको साउजीलाई उठायम आनाकानी गर्ने साउजी बल्लबल्ल उठ्यो खुसी लाग्यो। सोमरसको ऊर्जा लिँदै। थकित मुद्रामा साथीहरु थियौं। यतै सुतौँ भन्ने सुते। पूरा हिलोमैलो सहित भिजेको ज्यान कसरी सुत्न सक्छ यार भन्ने हाम्रो ७ जनाको टोली हिडेंम। साउजी प्रति एक किसिमको आक्रोश भाला लाई र सत्यराज गुरु लाई थियो। हैनत ? जब भालाले एउटा बाइकमा तीन जना बोक्नु पर्ने अवस्था आयो। भालाको साहसलाई सल्युट यार। पर्पल, मदन अनि भाला तिनजना बीचमा पर्पल चल्दो बाइकमा सुतेको अवस्थामा थियो। यही बाट प्रष्ट हुन्छकी हामी निकै थाकेका, गलेका, औसान हराएका झै भयका थियौं। सत्यराज गुरुको औंला ढुङ्गामा ठोक्किएर बाङ्गो भाको, माधवले बाइक पूरा सुताको, बालबाल बाँचेको, बर्खेखोला, पहिरा संग लडदै भिडदै बाइक उचाल्दै ओहो कस्तो यात्रा भन्ने,भगवानको कृपाले सबैजना सकुशल घर पुगेको यात्रा कस्तो भयो भन्ने ? राति ४:०० बजे गडराय पुग्यौं। भरत साउजी लाई उठाएर सोमरसले फेरि ऊर्जा भर्दै आफ्नै निवास घाटखोला करिब ५:०० बजे पुगियो। मस्त सुतियो बिहान १०:०० बजेसम्म। दि हिमालयन होटेलमा सुतेका साथीहरु बिहान टुप्लुक्क पुगे। हामिलाई ओछ्यान मै भेटे। उठठाइन्त ह केटा हो भन्ने आबाज ले उठायो। एफएम रेडियोमा सुनियो मार्तडी पुग्ने मुल सडक पहिरोले अबरुद्ध, यात्रु अलपत्र भनेर। हामि राति नै आयर राम्रो गरेछौं भनेर खुसि पनि भयौं।बाजुरा यात्रा समग्रमा बहुत साहसिक, सार्होगार्हो, रमाइलो अविस्मणीय मेमोरीका रुपमा दर्ज हुन्छ।
सहरको भीडभाड, धुवाँधुलो, चिच्यालकल्याट, डिजिटल दुनियाँ, दौडधुपलाई भुलेर हाम्रा प्राकृतीक रुपमा सजिएका डाँडाकाँडा, खोला, झरना, नदी, हिमाल, जङ्गल सफारीमा घुम्न, रम्न, जम्न रमाइलो हुँदोरहेछ। यात्राका आफ्नै मज्जा छन। यात्राका सिकाई, भोगाई, सुखानुभुति, दुखानुभुति सबैछन। हरेक यात्रा सहज हुदैन। केहि रमाइला र कष्टपुर्ण भोगाईले नै यात्रा स्मरणीय बनाउने हो। एक्लै होस या साथीहरू साथ होस जिन्दगीमा घुम्नुपर्छ, प्रकृतिको सामिप्यमा पुग्नुपर्छ भन्ने एक अनुभब। गज्जबको अनुभब। तपाईंलाई शेयर गरे। यात्रा संस्मरण कस्तो लाग्यो प्रतिक्रियाको अपेक्षा गरेको छु। थैन्कु।
-बाजुरा यात्रा डायरी: २०७८ असार महिना