खप्तडछान्ना गाउँपालिका लगायत सबै पालिकाको निती तथा कार्यक्रम सार्बजनिक

  शैलेन्द्र रोकाया  122 पटक हेरिएको


जिल्लाको खप्तडछाान्ना गाउँपालिकाका लगात जिल्लाका सबै स्थानीय तहहरुको निती तथा कार्यक्रम सार्बजनिक गरिएको छ । असार १० गते भित्र स्थानीय तहहरुले निती तथा कार्यक्रम ल्याई सक्नु पर्ने कानुनी प्रवधान अनुसार सबै स्थानीय तहहरुले निती तथा कार्यक्रम ल्याएका हुन ।
प्राय जसो अधिकाशं पालिकाहरुले शिक्षा , स्वास्थ्य , कृषी र भौतिक पुर्वाधारमा जोड दिएका छन् । सोमबार जिल्लाको खप्तडछान्ना गाउँपालिकाले ल्याएको निती तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा , पर्यटन , भौतिक पुर्वाधारका साथै युवा रोजगारलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिका उपाध्यक्ष बिष्णु कुमार थापाले गाउँ सभामा प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रममा शिक्षाको गुणस्तर सुधार गर्न गैरसरकारी संस्था संगको साझेदारीका साथै अन्य अभिभावक सहितको सामुहिक प्रयासबाट शिक्षालाई समायानुकुल बनाउने निती लिएको छ । शिक्षा , स्वास्थ्य र कृषी तथा पशुपालन मार्फ खप्तड छान्नाको समृद्घीको सपना देखेको गाउँपालिकाले पशुपालन तथा कृषी कार्य मार्फत युवा रोजगारी सिर्जना गर्ने निती लिएको छ । पालिकाको समग्र स्वास्थ्य अबस्था सुधार गर्न १० सैयाको अस्पताल संचालन गर्ने, एमबिबिएस पढने बिध्यार्थीलाई छात्रबृती प्रदान गर्ने , नागरिकहरुलाई शुसासनको प्रत्याभुती दिलाउन उत्कष्ठ कर्मचारीलाई सम्मान , उत्कृष्ट उपभोक्तmा समतिीलाई सम्मान , जेष्ठ नागरिक घरदैलो उपचार, लगायतका निती लिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाले चालु आर्थिक बर्षमा ४४ करोड ७२ लाख ६६ हजार ३५२ रुपैयाँ बिनियोजन गरेको भएपनि अन्तिममा भुक्तानी दिदा भने झण्डै २६ प्रतिसत बजेट केन्द्रले नदिने भएपछि झण्डै ३ करोड काम सम्पन्न भई सकेको भुक्तानी दिन बाँकी रकम अर्को बर्षमा बिनियोजन गर्नुपर्ने अबस्था आएको खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो । उहाँले यस बर्ष पनि गएको बर्षको बजेट भन्दा केही बजेट घटेर आएको भएपनि फेरि अहिलेको अबस्था जस्तो समस्या झेल्नुपर्ने बताउनुभयो । उहाँले निती तथा कार्यक्रमका लागी बजेटको आबस्यक पर्ने भएकाले जनताका असिमित आबस्यकतालाई सिमित बजेटको परिधी भित्र रहेर गर्नुपर्ने भएकाले पनि समस्या भएको समेत बताउनुभयो ।
पालिकामा बजेट कम , निती तथा कार्यक्रमहरु महत्वकाक्षी
पछिल्लो समयमा स्थानीय तहहरुमा संघिय सरकारले बजेट घटाएर लगेपनि अधिकाशं स्थानीयतहरुका निती तथा कार्यक्रमहरु भने महत्वकांक्षी भएको टिका टिप्पणी हुन् थालेको छ । जिल्लाका सबै स्थानीयतहहरुले सोमबार निती तथा कार्यक्रम सार्बजनिक गर्दै गाउँ सभा सम्पन्न गरेपछि यस्तो टिका टिप्पणी भएको हो ।
असार दश गते भित्र आगामी आर्थिक बर्षको निती तथा कार्याक्रमहरु अनिवार्य रुपमा ल्याउनु पर्ने कानुनी ब्यबस्था अनुसार बझाङका १२ वटै स्थानीय तहहरुले गाउँ तथा नगर सभाबाट निती तथा कार्यक्रम सार्बजनिक गरेका थिए । जिल्लाको खप्तडछान्ना गाउँपालिकाकाले गएको आर्थिक बर्षको तुलनामा कम बजेट बिनियोजन गरेको छ । त्यस्तै जिल्लाको प्राय जसो सबै पालिकाको बजेट हेर्दा दिन प्रतिदिन सरकारले दिने अनुदान घटाउँदै लगिएको भएपनि जनताका आबस्यकता र मागहरु भने दिन प्रतिदिन बढ्दै गएकाछन् । जिल्लाका अधिकाशं पालिकाहरुमा बजेटको अभावले ठूला बिकास निर्माणका काम गर्न नसकिने अबस्था सिर्जना भएको भएपनि निती तथा कार्यक्रम भने एकै बर्षमा पालिका कायापलट गर्ने खालका आएको नागरिक समाजका अगुवा दिर्घराज उपाध्यायले बताउनु भयो । खप्तडछान्ना गाउँपालिकाले शिक्षा , स्वास्थ्य, पर्यटन, , युवा रोजगारीलाई प्राथमिकतामा राखी निती तथा कार्यक्रम बनाएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने बजेट अभाबको फेरि समस्या देखिने भएको छ । बजेट निर्माणका आधारहरु नेपालको संविधानको मर्म र भावनालाई आधार मानेर गरेको गरेको भएपनि सरकारले दिने अनुदानका दिन प्रति दिन घट्दै गएका कारण संधियता नै धरापमा पर्ने चुनैती छ । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले सरकारले लिएको दिगोबिकास लक्ष्य , पंञ्च बर्षिया योजनाको आधार पत्र, संघ र प्रदेश सरकारले गरेका निर्णयहरु मन्त्रालयले गरेका निति निर्देशनहरु र स्थानीयतहको योजना तथा बजेट तर्जुमाका आधारमा विनियोजन गरेको गरेकाले यसले सबै क्षेत्र समेटेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, जनतालाई अहिले संघ सरकारले दिने बजेटको दायरा घट्दै गएको बारे हामीले अझै कन्भिन्स गर्न नसकेका कारण जनप्रतिनिधी प्रति स्थानीयको आक्रोसलाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो , पालिका भनेको जनताको नजिकको सरकार हो । नागरिकहरुले स्थानीय सरकारबाट अली बढी अपेक्षा राख्नु स्वाभाविक हो तर पनि पुजीगत बजेट न्युन मात्रामा भएकाले र स्थानीय स्तरमा राजस्व समेत कम उठ्ने भएका कारण जनताका सबै माग सम्बोधन गर्न सक्ने अबस्था नरहेको समेत उहाँको भनाई छ ।
यसै गरि जिल्लाका अन्य गाउँपालिकाहरुले पनि निती तथा कार्यक्रम सर्बजनिकरण गरे पछि कतिपय गाउँ तथा नगरपालिकामा पुराना खालका परम्परागत योजनाहरु आएको तथा कतीयप गाउँपालिकामा महत्वकाक्षी योजना भएको गुनासोहरु सुनिन् थालेका छन् । अधिकाशं गाउँ तथा नगरपालिकाहरुले भौतिक पूर्वाधारहरु सडक, खानेपानीमा बढी रकम बिनियोजन गरेका छन् भने कुरिती कुसस्कार हटाउने चेतनामूलक कार्यक्रमहरु निती तथा कार्याक्रममा मात्र राखेको तर बजेट ब्यबस्थापन गरेका छैनन् । जिल्ला समन्वय समिती सदस्य गोरख सिंह भन्नुभयो गत बर्ष स्थानीयतहहरुले बनाएको बजेट हेर्न हो भने जिल्लामा सबै स्थानीयतहले चेतना अभिबृद्धी गर्ने , कुरिती , कुसस्कार हटाउने योजनाहरुमा झिनो रकम बिनियोजन गरेका बताउनुभयो । उहाँले स्थानीयतहको बजेट बनाउदा हाम्रो जस्तो चेतना कम भएको समाजमा चेतनास्तर बढाउने खालका जनताका बास्तविक समस्यालाई हल गर्ने खालका निती तथा कार्यक्रम आउनु पर्ने बताउनुभयो । सदस्य सिंहले निती तथा कार्यक्रम बनाउदा स्थानीय आबस्यकता , स्थानीय स्रोत साधन , जनसख्या , भुगोललाई केन्द्र बिन्दुमा राखेर गर्नुपर्ने सुझाव दिनुभयो ।
फोटो – जिल्लाको खप्तडछान्ना गाउँपालिकामा संचालन भएको गाउँ सभा ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार