खप्तडछान्ना गाउँपालिकाको न्यायीक ईजलास जिल्लाकै नमुना , आजबाट शुभारम्भ

  खप्तड समाचारदाता  612 पटक हेरिएको

जिल्लाको खप्तडछान्ना गाउँपालिकामा एक समारोहका बिच न्यायिक ईजलासको उद्घाटन गरिएको छ । गाउँपालिकाको प्रशासकिय भवनमा गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
नेपालको संविधानले स्थानीय तहलाई समेत न्याय सम्पादन गर्ने गरि ब्यवस्था भए अनुसार खप्तडछान्ना गाउँपालिकाले समेत प्रशासकिय भवनको एउटा हल भित्र ब्यवस्थीत ईजलासको निर्माण गरेको थियो । न्याय सम्पादन प्रकृयालाई थप ब्यवस्थीत गर्न खप्तडछान्ना गाउँपालिकाले न्यायीक समितीको कार्यालय , न्यायिक ईजलासलाई जिल्लाकै नमुना ईजलासका रुपमा ब्यस्थित गरेको छ । जिल्ला अदालतको ईजलास जस्तै न्यायिक समितीको संयोजक , र सदस्यहरुको कार्यकक्ष , वकिलको कार्य कक्ष , कर्मचारीको कार्यकक्ष र अन्य सबै सरोकारवालहरुलाई बस्नका लागी छुट्टा छुट्टै तरिकाले ब्यवस्थापन गरिएको छ । झट्ट हेर्दा जिल्ला अदालतको ईजलास बनेपछि स्थानीयहरुको न्याय सम्पादन प्रकृया समेत थप प्रभावकारी हुने देखिएको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितीको संयोजक बिष्णु कुमार थापाले ईजलास जिल्लाका अन्य स्थानीय तहहरुको भन्दा राम्रो ब्यवस्थित भए पनि यहाँबाट सम्पादन हुने न्यायीक प्रकृयामा आम नागरिकको बिश्वसनियता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँमा रहेका दुखि पिडितहरुलाई न्याय दिलाउनका लागी स्थानीय सरकारको समेत प्रमुख दायित्व भएकाले यहाँबाट हुने न्याय प्रकृयामा जन अनुभुती हुने गरि काम गर्नु पर्ने समेत बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप कर्ता राखेको , उनिहरुलाई स्थानीय न्यायिक समितीले गर्नु पर्ने काम र पालिकाको न्यायिक समितीले हेर्न पाँउने मुद्धाका बारेमा समेत प्रयाप्त तालिम मार्फत जानकारी गराएको समेत बताउनुभयो ।


पछिल्लो समयमा न्यायिक समितीबाट स्वतन्त्ररुपमा काम गरे पनि स्थानीय तहले दिने न्याय सम्पादन प्रकृया प्रति अझै आम नागरिकले बिश्वास गर्न सकेका छैनन् । न्याय सम्पादन प्रकृयामा स्थानीय जनप्रतिनिधीहरुले बिभेद गर्न सक्ने भन्दै प्रहरी चौकी र जिल्लामा बढी मुद्धा प्रहरी चौकी , जिल्ला प्रहरी कार्यालय र अदालतमा जाने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार