जन्मदिनकाे अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण  

  रमेश बोहरा  228 पटक हेरिएको

बझाङ : पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा घरेलु तथा साना उधोग कार्यालय बझाङका बरिष्ट उधमविकास सहजकर्ता दशरथ जप्रेलले दुर्गाथलीगाउपालिका वडा नं १ मा रहेकाे एक बाल आश्रममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।

आश्रम भित्र रहेका विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको जप्रेलले बताउनु भयाे।

उनले शुक्रबार आफ्नो जन्मदिनको अवसरपारी दुर्गाथली गाउँपालिका–१ मा रहेको मदन भण्डारी बाल आश्रमका १९ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।
जप्रेलले शुक्रबार आश्रममै पुगेर प्रती बालबालिका १ झोला १ ओटा कपि, साथमा डटपेन, पेन्सिल, इरेजर, कटर उपलब्ध गराएका थिए । उक्त शैक्षिक सामाग्री पाएसंगै बालबालिकाहरु खुशी भएका छन ।
साथाै उहाँले जन्मदिनमा अनावश्यक फजुल खर्च गर्नु भन्दा आर्थिक अभाबकै कारण उचित शिक्षा पाउन नसकेका बाल बालिकाहरुलाई सहयोग गर्नुपर्ने धारणा समेत राख्नुभयो ।

जप्रेलले आफ्नो जन्मदिन सधैका बर्षमा उक्त आश्रममा मनाउने गरेका छन् । जप्रेलले अझै पनि सकेको सहयोग गर्ने प्रतिवद्दता जनाउदै बालबालिकाको शैक्षिक क्षेत्रमा उज्वल भविष्यको कामना पनि गरे । आश्रममा रहेका बालबालिकाहरुले जप्रेललाई पालैपालो जन्मदिनको शुभकामना दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार