मिनेश अबिरलको कबिता , पढ्दा पढ्दै आँशु झर्यो

  मिनेश रोकाया अविरल  372 पटक हेरिएको

पढ्दा पढ्दै आँसु झर्छ–

~ मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।फरक यति थियो तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो पिताम्बर लिएर आए !!!

~ तिमी पनि पहिरियौ मलाई पनि पहिराए । फरक यति थियो । तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई पहेंलो कात्रो पहिराए!!

~ मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियो !! तिम्रो जन्ती बनेर निस्किए मेरो मलामी बनेर निस्किए ।

फुल तिमीलाई पनि बर्साए..मलाई पनि बर्साए। फरक यति थियो!! ~ तिमी सजिएर गयौ मलाई सजाएर लगे।

तिमी पनि घर बाट निस्कियौ मलाई पनि घर निकाले फरक यति थियो । तिमी उठेर गयौ मलाई उठाएर लगे!

 

~ भिड त्यहा पनि थियो मान्छे यहाँ पनि थिए। फरक यति त्यहाँ बाजा सहितको हंसाइ थियो।यहाँ संख् सहितको रुवाइ।

पण्डित त्यहा पनि थिए..यहाँ पनि थिए । फरक यति थियो।तिम्रो मन्त्र पढ्दै थिय। मलाई राम राम जप्दै थिए !

~ स्वागत तिम्रो पनि भयो मेरो पनि भयो। फरक यति थियोे तिमिलाइ जग्येमा राखे । मलाई चितामा चढाए।

आशिष् तिम्लाइ पनि दिए..मलाई पनि दिए। फरक यति थियो। तिमिलाइ रमाउ भन्दै थिए मलाई स्वोर्ग जाउ भन्दै थिए ।

 

~ आगो त्यहा पनि बल्यो यहाँ पनि बल्यो। फरक यति थियो। तिम्रोमा होम हलिदै थियो।मेरो जीवन बालिदै थियो।

पानी त्यहा पनि थियो..यहाँ पनि थियो । फरक यती थियो।तिमिलाइ सात पाइला बनायर भित्र्याए। मलाइ सात पाइला सारेर बगाए।

दुनियाँ त्यही थियो । तर तिमिलाइ आफ्नो बनाए..मलाई जलाइदिए। कहानी बनाए जीवन् तिम्रो सुरु भयो.. मेरो अन्त्य भो।

भुल्दिन तिमिलाइ सयौ जुनि मरे पनि।

मिनेश रोकाया अविरल

मष्टा गाउँपालिका २

धनातोली बझाङ्ग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार