आजदेखि देशभर पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान, बझाङका १० हजार बढी बालबालिकालाई खोप लगाइँदै

  कल्पना उपाध्याय  317 पटक हेरिएको

बझाङ। आजदेखि देशभर बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइँदै छ । पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आज जेठ १३ गतेदेखि २६ सम्म सबै पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो ।

बझाङका पनि १० हजार ८ सय ९७ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । खोप अभियानका लागि जिल्लामा ३ सय ४१ वटा खोप केन्द्र, ३ सय ४१ स्वास्थ्यकर्मी र ६ सय ८२ जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

यस अभियानमा २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिका समेटिने छन् । यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो । बिचमा ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि उक्त उमेर समूहका बालबालिका खोप लगाउनबाट बञ्चित भएका थिए ।

पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार