साइपालमा बैंक स्थापना गर्ने विषयमा सरोकारवाला बिच छलफल, अर्को महिनादेखि सेवा दिने सहमति

  कल्पना उपाध्याय  408 पटक हेरिएको

बझाङ । देशका ७५३ स्थानिय तहमध्ये अहिलेसम्म बैकं स्थापना नभएको एक मात्रै बझाङको दुर्गम साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना हुने भएको छ । लामो अध्ययन र अनुसन्धानपछि वाणिज्य बैंकको शाखा स्थापनालाई अन्तिम रूप दिने तयारी भएको हो ।

आज उक्त विषयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधिको उपस्थितिमा छलफल भएको छ । छलफलबाट आउँदो महिनादेखी सेवा दिने सहमति भएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए । यहिँ महिनामा सामान ढुवानी गरेर असारदेखि सेवा प्रवाह गरीने अध्यक्ष बोहराको भनाइ छ ।

राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई तोकेको थियो । सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार स्थानीयस्तरसम्म उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले बैंक स्थापना गर्न आनकानी गर्दै आएका कारण साइपाल गाउँपालिका बैंक विहीन छ ।

उक्त ठाउँमा बैंक स्थापना गर्न सकिने÷ नसकिनेबारे गएको चैत्रमा स्थलगत अध्ययन गर्न राष्ट्र बैंकको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो । अहिले पालिकामा बैंकिङ सेवा नभएका कारण विकास योजनाको गुणस्तर घटाउनुपर्ने बाध्यताका साथै पालिकाको कार्यालय सदरमुकाममै रहेकाले जनताले संघीयताको अनुभव लिन नपाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार