तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न

  रमेश बाेहरा  311 पटक हेरिएको

तलकोट गाउँपालिका वडा नम्बर ६ मा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ ।

तलकोट गाउँपालिका वडा नम्बर ६ मा रहेकोे खापरदेब आधारभुत बिधालय रजाडामा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा तलकोट गाउँपालिक शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल को आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ पोसण प्रर्दसन कार्यक्रम र जनतेतना मुलुक कार्यक्रम गरिएको छ।

पोषण सप्ताह कार्यक्रम बिधालय विद्यार्थीहरुको स्वस्थ्य चेकजाँच सहित जुकाको औषधी खुवायका छन। प्रत्येक विद्यालयमा अध्ययनरत बालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच समेत गरेको छ। विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने विद्यालयमा विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरिक्त क्रियाकलापहरु गरिएको आइ.डि.एस. नेपाल तलकोट गाउँपालिकाका सुपरभाइजर लोकेन्द्र बहादुर बिष्ट ले जनाएको छ।

हाजिरी जबाफ कार्यक्रममा  ४ वटा बिधालय सहभागिता भएका थिए। उक्त प्रतिस्पर्धा गर्दा प्रथम भगवती आधारभुत बिधालय दितिय खापरदेब आधारभुत बिधालय तीृतीय कालिका आधार भतुत बिधालय र सान्त्वना दुर्गादेबि आधारभुत बिध्यालय भयको छ । पुरस्कार तलकोट गाउँपालिका का अध्यक्ष  कलक बहादुर रोकाया ले हस्तान्तरण गरिएको छ।

बिधालयमा आज पोषण सप्ताह कार्यक्रम अत्यन्तै राम्रो भएको छ। जसले गर्दा स्कुलमा विभिन्न क्रियाकलाप गर्दा विद्यार्थीहरुमा सुधार हुने अवसर प्रदान भएको छ। यसको लागी पालिकाबाट गर्न सक्ने सक्दो प्रयासमा लागेको छु। बिधालयमा जुन कार्यक्रम प्रतिस्पधाी सबै लाई बधाई दिदै सबैलाई शुभकामना समेत व्यक्त गरेको अध्यक्ष रोकाया ले जानकारी दिएका छन।

सोही कार्यक्रम तलकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको खापरदेव आधारभुत बिध्यालयका बिध्यालय बेवस्थापन अध्यक्ष धन बहादुर बिष्ट को अध्यक्षतामा कार्यक्रम सञ्चालन गरेका हुन  । उक्त कार्यक्रमका प्रमुख अतिथि तलकोट गाउँपालिकाका अध्यक्ष कलक बहादुर रोकाया  बिशिस्ट अतिथि आइ.डि.एस. नेपाल बझाङ जिल्ला सयोजक सुरेन्द्र जैरु रहनु भयको थियो । कायर्कममा बोल्दै जिल्ला सयोजक जैरु ले बिध्यार्थि हरुको स्वस्थ्यमा सुधार ल्याउनका लागि पोषण सप्ताह कार्यक्रम सन्चालन गरेको बताउनु भयो ।

अतिथिमा दिपेन्द्र ऐडि प्रकाश जोशि लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको बाक्लो सहभागीतामा बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको पोषण सहजकर्ता गणेश बहादुर धरालाले बताएका छन। पोषण सप्ताह कार्यक्रम जेष्ठ १ गतेदेखि सुरुभई जेष्ठ ७ गतेसम्म मनाइने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार