टिका लगाएको भरमा नेकपा प्रबेशको झुट्टा आरोप

पुर्व गाबिस अध्यक्ष डम्मर रोकाया भन्छन् , मेरो चरित्रहत्या गर्नेहरुका लागी कानुनी उपचार खोज्छु

  शिबम् रोकाया  3982 पटक हेरिएको

बझाङ । टिका लगाएको भरमा नेकपामा प्रबेश गरेको झुटा प्रचार गरि आफ्नो चरित्र हत्या गरेको भन्दै पुर्व गाबिस अध्यक्ष डम्मर बहादुर रोकायाले आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह लगायतका नेताहरु संग टिका लगाएर नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेको फोटाहरु सामाजिक सन्जालमा भाइरल भएपछि पुर्व अध्यक्ष रोकायाले आपत्ती जनाएका हुन् ।
उनले रेडियो खप्तड संग कुरा गर्दै भने आफ्नो बारेमा समाजिक सञ्जाल फेसबुकमा गलत प्रचार गरि चरित्र हत्या गरेको भन्दै कानुनी उपचारमा जाने बताए । प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह लगायत नेकपाका नेता खप्तड छान्ना गाउँपालिकाको बाढी पिडतको अबस्था बुझ्न गएका बेला आफु लगायत गाउँ केही ब्यक्तिहरुले बामिली लेक सम्म जाने सडक निर्माणका लागी निबेदन सहित दिएको र टिका लगाएर स्वागत मात्र गरेको रोकायाले बताए । उनले भने हाम्रो पुर्बिय सभ्यता अनुसार घरमा आएको पाउनाको स्वागत सत्कार गर्ने संस्कार भएकाले जनप्रतिनिधी भनेका सबैका साँझा भएकाले गाउँका समस्याहरुका बारेमा जानकारी समेत गर्नु हाम्रो दायित्व भएको बताउदै टिका लगायर सामुहिक तस्बिर खिचौ भनेर तस्बिर खिचेका हौ र त्यही तस्बिरलाई पाटी प्रबेस गरेको भनेर फेसबुकमा राखि दिएछन् । उनले भने यदी मैले पाटी परित्याग गरेको भए सदस्यता लिएको देखाउन चुनौती समेत दिन्छु । रोकायाले भने नेपाली काग्रेसमा मेरो जिवनको पुरै लगानी भएकाले कम्युनिस्टहरुले भ्रमको मात्र खेती गर्ने बानी अझै नछुटेको समेत बताउदै मेरो बारेमा अनाबस्यक रुपमा चरित्र हत्या गर्नेहरुका बिरुद्ध कानुनी उपचार खोजिने समेत बताए ।
उनी पटक पटक नेपाली काग्रेसको जिल्ला कार्य समिती सदस्य , महाधिबेसन प्रतिनिधी, महाधिबेसन प्रतिनिधीका साथै २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिको माझीगाउँ गाबिसमा अध्यक्षमा निर्बाचित हुन । सरकारले कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी कतै लकडाउन त कतै निषेधाज्ञा गरि रहेका बेला बझाङमा भने राजनितीक दलहरु ीबच पाटी प्रबेश गराउनेको होड बाजी चलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार