बझाङमा कुटपिटबाट प्रहरी घाइते, दुई जना पक्राउ

  कल्पना उपाध्याय  254 पटक हेरिएको

बझाङमा प्रहरी माथी कुटपिट भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका ९ झोता बजारमा युवकले प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।

आइतबार राती झोता बजारस्थित होटल के एम डिमा कोठा लगेर बसेका दुर्गाथली गाउँपालिका –२ का ३२ वर्षिय विनोद रावल र जयपृथ्बी नगरपालिका – ७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झकडा र होहल्ला गरेका थिए । होटल सञ्चालक कौशीला धामिले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

रावल र महरलाई नियन्त्रणमा लिने क्रममा विनोद रावलले धुली बझाङ दरबन्दी भएका सहायक प्रहरी हवल्दार योगेन्द्र खड्का लाई ढुङ्गा प्रहार गरका हुन् । ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।

कुटपिट गर्ने दुबै जनालाई प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटबाट घाइते प्रहरी हवल्दार खड्को अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार