भावना थापा “ मुस्कान”का तिन मुक्तक

  भावना थापा “ मुस्कान”  1223 पटक हेरिएको

आफ्नो जिन्दगी बन्दकी राखेर मलाई पढाएको हो ।

परदेशमा रगत र पसिना बेचेर मलाई पढाएको हो।

आमाको निस्वार्थ माया र बुबाको संघर्षलाई बुझिन।

त्यो घाम पानीमा भारी बोकेर मलाई पढाएको हो।

कठै! ऊ मरीसकेकी छे भनेर सुनाई दिनु है ।

हार्दिक श्रद्धाञ्जली भनी फूल चढाई दिनु है ।

मलामी पनि खोजेर आउँनु प्यारा तिमी।

मेरो लास चितामाथि राखेर जलाई दिनु है।

थाकी सकेछन मेरी आमाका परेली कुर्दा कुर्दै।

म परदेशीलाई सम्झेर बित्यो अधेरी कुर्दा कुर्दै।

आगो फुक्दै झ्यालबाट हेर्दै होलिन आमा।

छोरी आउने आसा मार्ने छन् मझेरी कुर्दा कुर्दै।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार