“बाढी र पहिरोका कारण हिड्ने बाटो सम्म थिएन् , बाढी पछि गाउँमा गाडी चल्छ होला भनेर परिकल्पना सम्म गरेका थिएनौ, खप्तडछान्ना गाउँपालिका – ४ का समशेर रोकायाले भन्नुभयो, भुकम्पको डर कायमै रहे पनि बाढी पछि भने बाढी र पहिरोल बगाएका संरचनाहरु धमाधम निर्माण हुन थालेपछि गाउँपालिकामा बिकासले गती लिएको छ” । बाढी र पहिरोले बगाएका संरचनाहरु निर्माणमा स्थानीय सरकारले चासो दिए पछि बाढी पछि निरास भएका खप्तडछान्नाका स्थानीयमा केही आसा पलाएको छ ।
पछिल्लो समयमा गाउँपालिकाले बाढीबाट क्षतीग्रस्त सरकारी संरचनाहरुको निर्माणलाई प्राथमिकताका लागे पछि खप्तडछान्ना गाउँपालिका लयमा फर्किदैछ । बाढी र पहरोका कारण थिलथिल भएको गाउँपालिका जोड्ने एकमात्र सडक जडार थामलेख सडकको पुर्नरनिर्माण पछि अहिले निर्वाधरुपमा गाडी चल्न थालेका छन् । स्थानीय भिम बहादुर रोकायाले भन्नुभयो, “बाढीले छियाँ छियाँ बनेको सडक अब बन्ला र भन्ने आसा समेत गरेका थिएनौ । अहिले पालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा जडार देखी थामलेख र गाउँपालिकाका ग्रामिण सडकहरुको राम्रो स्तरोन्नती भएको छ । चौडा सडकमा सहजै यातायातका साधनहरु गुडि रहेका छन् ”। खप्तडछान्ना गाउँपालिकाको सबै भन्दा पुरानो बिद्यालय जोड्ने एक मात्र पुल समेत सो बाढीले बगाएको थियो । अहिले गाउँपालिकाले सो पुलका निर्माण कार्यको सुरुवात गरेको छ । खस्तडछान्ना – १ खातीगाउँमा पसेको बाढीले बगाएको बिद्यालयलाई समेत सुरक्षित ठाउँमा सारेर भवनका साथै भौतिक निर्माण समेत गरेको छ । गाउँपालिका भित्र रहेका क्षतीग्रस्त सरकारी संरचनाहरुको निर्माण कार्यले गाउँपालिका पुरानो अबस्थामा आउन थालेको स्थानीय जनप्रतिनिधीहरुको दाबी छ । गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले भन्नुभयो, “बाढी र पहिरोका कारण यस गाउँपालिकालाई नहस नहस बनाएको थियो । अहिले हामीले बाढीबाट क्षतीग्रस्त सरकारी संरचना निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौ । बाढीले बगाएको जगदम्बा निमाबिको निर्माण गाउँपालिका भित्रका सबै सडकहरुको सुधार , बाढीबाट क्षतीग्रस्त संरचना जस्तै खानेपानी, सिचाईकुला , पदमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राखेर काम भईरहको छ”।
बाढी र पहिरोका कारण गाउँपालिकामा यत्रो हुँदा सम्म प्रदेश र संघ सरकारलाई बारम्बार गुहार गर्दा सम्म पनि कुनै पनि चासो नदेखएको प्रति उहाँले दुख समेत प्रकट गर्नुभयो । उहाँले स्थानीय तहको सिमित स्रोत र साधन र पटक पटक बिभिन्न डेलिगेसन पछि गाउँपालिकाको बिकास आफ्नो गतीमा आउन लागेको समेत बताउनुभयो । अहिले अध्यक्ष रोकायाको पहलमा जडारथाम लेख सडकमा ४ करोड रुपैयाँ बराबरको काम भएको छ भने गाउँपालिका भित्रका सबै सडकको स्तरोन्नतीका लागी समेत झण्डै दुई करोड रुपैयाँ बरावरको बोलपत्र मार्फत काम सुरुवातको चरणमा रहेको समेत गाउँपालिका सुचना अधिकारी ऐन बहादुर रोकायाले बताउनुभयो । उहाँले बाढीबाट क्षती भएका सं्रचनाहरुको निर्माण गर्न निकै चुनौती रहेको बताउँदै अहिले पालिकाले भौतिक संरचनाको निर्माणमा दु्रत गतीमा काम गरि रहेकाले केही परिणामको समेत जनताले महसुस गरिरहेको बताउनुभयो । २०७८ साल असोज ३१ कात्तिक ३ गते सम्म आएको बैमौसमि बर्षाका कारण जिल्लाको खप्तडछान्ना गाउँपालिका लगायत जिल्ला भरि ठूलो जनधनको क्षती भएको थियो ।
पाँच वटा सडकको स्तरोन्नती चार वटा पक्की पुलको निर्माण कार्य हुँदै
बाढी र पहिरोले क्षती ग्रस्त भएका गाउँपालिकाका पाँच वटा सडकको स्तरोन्नतीको कार्य सुरु भएको छ । २०७८ सालमा आएको बाढीले क्षेद बिच्छेद भएको गाउँपालिकाको मुख्य सडक रहेको सेती लोकमार्गको स्तरोन्नती गर्न काम भई रहेको छ भने पालिका भित्रका अन्य चार वटा सडकको स्तरोन्नतीका लागी बोलपत्र आह्वान पछि काम सुरु भएको छ ।
गाउँपालिकाको पसलबगर खत्रीबाडा सडक , पसलबगर पुरानी सडक र घाटखोला माझीगाउँ सडकको झण्डै डेढ करोड बरावरको ठेक्का सम्झौता भई निर्माणको चरणमा रहेको छ । त्यस्तै पाटादेवल गडराय सडकको बोलपत्र मार्फत निर्माण गर्ने गरि काम अघि बढेको गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो ।
उहाँले कुचेखोला देहली हुँदै मायापाटा सडक समेत पुर्वाधार बिकास कार्यालय मार्फत संचालनको चरणमा रहेको , कालुखेती मोतुवा सड्क , कालिपछाई बयाना सडक, भालुबेल्या पाटादेबल सडक र गडराय गोर्खाली सडकको समान्य सुधार भई बृहत सुधारका लागी कार्ययोजना बनाई रहेको समेत बताउनुभयो । उहाँले बिकासको मुख्य पुर्वाधारका रुपमा रहेको भौतिक पुर्वाधारलाई बिषेस जोड दिएर अगाडी बढेको समेत बताउनुभयो ।
पालिका भित्रका सबै सरकारी संरचनाहरुको निर्माण एक बर्ष भित्र सम्पन्न गर्ने योजना
खप्तडछान्ना गाउँपालिका भित्रका सबै सरकारी संरचना एक बर्ष भित्र निर्माण गर्ने पालिकाको रणनिती रहेको छ । पालिका प्रमुख प्रशासकिय भवनको निर्माण कार्य सम्पन्न भएको छ भने १० सैयाँको अस्पतालको निर्माण कार्य अन्तिम चरण पुगेको छ ।
पालिकाको गौरबको १० सैयाँको अस्पतालको भवन निर्माण पछि एक बर्ष भित्र अस्पताल संचालनमा ल्याईने समेत अध्यक्ष रोकायाको भनाई छ । हामीलाई भौतिक पुर्वाधार मात्र बने पनि अस्ततालबाट सेवा प्रवाह गर्न त्यती समय नलाग्ने समेत उहाँको भनाई छ । अन्य सरकारी सरचनामा दुई वटा वडा बाहेक सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण भई सकेको र दुई वटा वडामा समेत यसै आर्थिक बर्षको अन्तिम सम्म बनाउने गाउँपालिकाको योजना छ । त्यस्तै ५ वटा वडा भवनहरु समेत बनी सकेकाकाले अब यसै बर्ष दुई वटा बडा भवन निर्माण पछि सेवाग्रहस्लाई आफ्नै भवनबाट सेवा दिने योजना रहेको समेत गाउँपालिका स्रोतले बतायो । अन्य सरकारी सरचनाको घेरबार लगायतका कामहरु निरन्तर भई रहेको समेत बताउनुभयो ।
भुकम्प पछि क्षती भएका बिद्यालय भवनहरु पुनर्निर्माण हुँदै
गएको असोज १६ गते दिउँसो सदरमुकाम चैनपुरलाई केन्द्र बिन्दु बनाएर आएको भुकम्पका क्षेदबिच्छेद भएका भवनहरुको पुर्नरनिर्माण कार्य सुरु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिकामा रहेका पुर्ण क्षती तथा आशिंक क्षती भएका १८ वटा बिद्यालय भवनहरुको पुर्नर निर्माण कार्य भई रहेको छ ।
खप्तडछान्ना गाउँपालिकाले पालिका भित्र रहेका बिद्यालय भवनहरु निरिक्षण पछि रिड नेपाल नामक गैरसरकारी संस्थाद्धारा संचालित “समृद्ध खप्तडछान्ना परियोजना” मार्फत पुर्ण क्षती भएका बिद्यालयहरुमा अस्थायी टहरा निर्माण, अशिंक क्षती भएका बिद्यालयहरुमा रेक्टोफिटिङ लगायत पुर्ननिर्माण कार्य भई रहेको गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो “भुकम्पका कारण हाम्रो गाउँपालिकामा समेत ठूलो क्षती भयो । यहाँका जनताका निजी आबासका साथै सरकारी संरचनाहरु बिषेस गरि बिद्यालय भवनहरुमा क्षती पुगेकाले पहिलो चरणमा गाउँपालिकाबाट अनुगमन गरि गाउँपालिकाको समन्वयमा रिड नेपाल नामक गैर सरकारी संस्थाले बिद्यालयको पुर्नरनिर्माणको कार्य गरि रहेको छ ” । उहाँले भुकम्पका कारण बालबालिकाको पढाई समेत प्रभावित हुँदै आएकाले बिद्यालयको पुर्नरनिर्माणमा जोड दिएको बताउनुभयो । पालिका भित्र झण्डै ३८ वटा बिद्यालय मध्ये पुर्ण क्षती , आशिंक क्षती र समान्य क्षतीमा बर्गिकरण गरि पुर्नरनिर्माणको कार्य भई रहेको छ । रिड नेपालका प्रोजेक्ट ईन्जिनियर सत्यराज पाण्डेले अहिले पुर्ण क्षती भई खुल्ला आकाश मुनि पठन पाठन गर्नु पर्ने बाध्यता रहेका ५ वटा बिद्यालयहरुमा १२ वटा अस्थायी टहरा निर्माण गरि सकेको बताउनुभयो । उहाँले अन्य १३ वटा बिद्यालयमा रेक्टो फिटिङ्ग गर्ने , मर्मत सुधार गर्ने र रंग रोगन लगाउने कार्य भईरहेको समेत बताउनुभयो ।
बाढीले बगाएको सरंचनाको निर्माण दुर्त गतीमा
बाढीले बगाएको कालुखेती पुलको निर्माण कार्य समेत सुरु भएको छ । त्यस्तै बाढीले बगाएर लिएको खातीगाउँ स्थित बिद्यालयका स्नान्तरण सहित पुर्वाधार निर्माण , पालिका भित्रका सिचाई कुला खीय तहमा हुने सिमित स्रोत र साधनले मात्र भ्याउन सक्ने अबस्था नभएपछि प्रदेश तथा केन्द्रका बिभिन्न निकायमा धाएर सके जती स्रोत जुटाई रहेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले गाउँपालिकाको बिकास बजेट समेत पहिलेको तुलनामा धेरै घटेकाले कार्यकर्तामुखी योजना भन्दा पनि गाउँ गाउँका साझा र अत्याबश्किय योजनामा जोड दिएर कार्य गरिरहेको समेत बताउनुभयो ।
उहाँले गाउँपालिकाले भ्याउन नसक्ने ठूला योजनाका लागी कार्यपालिकाबाट निर्णय गरि बृस्तृत स्टमेट गरि केन्द्र र प्रदेश सरकारका बिभिन्न निकायमा पहल गर्दै आएको समेत बताउनुभयो । जनताले अनुभुती गर्ने खालका अबस्था सिर्जना गर्न रात दिन लागी रहेको समेत उहाँको भनाई छ ।
गैरसरकारी निकायलाई भित्र्याउन पहल
सरकारी निकायबाट मात्र बिकास सम्भव नभएकाले गैरसरकारी संस्थालाई भित्र्याउन पालिकाले समन्वय गरिरहेको छ । खप्तडछान्नाकाृे बिकासका लागी अध्यक्ष रोकायाको पहलमा रिड नेपाल नामक गैरसरकारी संस्थाले “समृद्ध खप्तडछान्ना परियोजना” भित्र्याए पालिका भित्रको शिक्षा, स्वास्थ्य र सामाजिक कुरितीका अन्त्यका लागी कार्य गर्ने गरि सुरु भएको छ । पालिका भित्रको शिक्षा र स्वास्थ्यमा समेत यो संस्थाले महत्वपुर्ण काम गरिरहेको छ ।
अध्यक्ष रोकायाको पहलमा कुषी र पशुपालन मार्फत गाउँपालिकामा रोजगारी स्थापना गर्ने गरि हेपर ईन्टरनेसनल संस्था लागु भएको छ ।
अध्यक्ष रोकायाले भन्नुभयो, समुदायको बिकासका लागी गैरसरकारी संस्थाहरुको भुमिका राम्रो भएकाले बिभिन्न डोनर एजेन्सी संग समन्वय गरेर पालिका भित्र दुई बर्षमा कम्तीमा पानि पाँच बटा गैरसरकारी संस्था भित्ररयाउने लक्ष्य राखेका छौ । दुई तिन वटा संस्था लागु भई सकेको स्मरण गराउँदै दुई तिन वटा संस्थाहरु समेत फेरि पाईपलाईनमा रहेको समेत बताउनुभयो ।
उहाँले पालिका भित्र स्रोत भित्र्याएर समृद्ध गाउँपालिका बनाउने योजनालाई निरन्तरता दिई रहेको समेत बताउनुभयो ।