मणिग्राम बहुमुखी क्याम्पस संचालनका लागि “बिधि पुस्तकालय”बाट ५० हजार सहयोग

  खप्तड समाचारदाता  689 पटक हेरिएको

खप्तडछान्ना – ४ चौकामा स्थापना हुन लागेको मणिग्राम बहुमुखी क्याम्पस स्थापनाका लागि विधि पुस्तकालय खप्तडछान्ना -३ सिल्काबाडाले ५० हजार पाँच रुपैयाँ सहयोग गर्ने भएको छ । खप्तडछान्ना – ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकाया र उहाँकि घर्मपत्नी स्वर्गीय धिरु देबि रोकायाको सम्झनामा स्थापना भएको “विधि पुस्तकालय”का तर्फबाट क्याम्पस संचालनका लागि ५० हजार पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ ।
स्वर्गीय रोकाया दाम्पतीका छोराहरुले १३ औ दिनको पुण्य तिथिको दिन आफ्ना बुवाले गरेको सामाजिक कामलाई निरन्तरता दिन गाउँमै बिधि पुस्तकालय स्थापना गर्ने घोषणा गर्नु भएको थियो । क्याम्पस संचालनका लागि आर्थिक अभाव भएको हुनाले अरु आर्थिक सहयोग गर्ने दातालाइ समेत उत्प्रेरणा दिनका साथै आफ्ना बुवाको स्मृतिमा क्याम्पस स्थापनाका लागि चन्दा दिएको समेत खप्तडछान्ना गाउपालिका अध्यक्ष तथा विधि पुस्तकालय संरक्षण समितीका संयोजक उत्तम बहादुर रोकायाले बताउनु भयो । गाउमै उच्च शिक्षा हासिल गर्नका लागि समेत स्थानिय बिध्यार्थिलाइ सहज हुने भन्दै अन्य बिध्यार्थी विधि पुस्तकालयका तर्फबाट छात्रवृत्ति कोष समेत बनाउन लागेको बताउनु भयो । स्वर्गीय रोकायाका छोराहरु हेमन्त रोकाया, धुर्ब रोकाया, उत्तम बहादुर रोकाया, उमेश बहादुर रोकाया र शैलेन्द्र रोकायाले विधि पुस्तकालय स्थापनाका लागि पुस्तक संकलन अभियानका साथै गरिब तथा जेहेन्दार बिध्यार्थीका लागि “विधि छात्रबृती कोष र विभिन्न सामाजिक अभियानमा सहयोग गर्ने समेत बताएको छ । मणिग्राम बहुमुखी क्याम्पसमा लागि अन्य स्थानीय स्थानियहरुले पनि सहयोग गरेकाछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार