गाउँपालिका अध्यक्ष रोकायाबाट बामिलिगाड पक्कि पुलको शिलान्यास , काम सुरु भएपछि स्थानीयबासी खुशी

  खप्तड समाचारदाता  862 पटक हेरिएको


जिल्लाको खप्तडछान्ना गाउपालिका -३ लम्तडा नजिकै भलायाघाटमा बामिलिगाड पक्की पुलको एक कार्यक्रमका बिच खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाबाट शिलान्यास गरि निर्माण कार्यको थालनी भएको छ । खप्तड पर्यटन मार्ग अन्तर्गत रहेको बामिलिगाडमा पुल निर्माणका लागि ठेकेदार कम्पनीले मंगलबार देखि काम सुरु गरेको हो ।


पुल निर्माणका सुदुरपश्चिम प्रदेश सरकारले जिल्ला पुर्वाधार बिकास कार्यालय बझाङ मार्फत निर्माण कार्य गरेको हो । पुल निर्माणका लागि सुर्मा सरोवर पिके जेभिले दुई बर्ष भित्र निर्माण गर्ने गरि ३ करोड ९१ लाख रुपैयाँमा काम सम्पन्न गर्ने गरि सम्झौता गरेको पुर्वधार बिकास कार्यालय बझाङका कार्यालय प्रमुख निर्प जोशिले बताउनुभयो । उहाँले ठेकेदार कम्पनीहरुको लापरबाही कारणले हरेक विकास निर्माणका काम ढिलाइ हुने हुदा यो ठेक्कामा भने जिल्लामा काम छिटो गर्ने ठेकेदार कम्पनी परेकाले काम छिटो हुने आसा गरिएको छ । पक्की पुल निर्माण हुन थालेपछि स्थानीयमा समेत खुशियाली छाएको छ । यो पुल निर्माणका लागि स्थानीय पटक पटक विभिन्न निकायमा धाउदै आएका थिए । गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले यो पुल निर्माणका लागि आफुहरुले धेरै पटक प्रदेश र संघ सरकार संग पहल गरेको स्मरण गराउदै यो पुल बनेपछी खप्तड क्षेत्रको पर्यटन बिकासमा समेत ठूलो टेवा पुग्ने समेत बताउनुभयो ।

उहाँले ठेकेदार कम्पनीलाई स्वतन्त्र पुर्वक काम गर्ने वातावरण बनाउनका लागि स्थानीय सरकारले कुनै कसर बाकी नराख्ने समेत बताउनु भयो । यता सुर्मा सरोवर प्रालीका शेरबहादुर बोहराले अब काम सुरु भइ सकेकाले निरन्तर दुर्तगतिमा काम हुने र यसै आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गर्ने समेत बताउनु भयो । पछिल्लो समयमा काम समयमै निर्माण कार्य सम्पन्न गर्ने र काममा लापरबाही नगर्ने ठेकेदार कम्पनीका रुपमा सुर्मा सरोवर प्रालीले काम पाएर निर्माण सुरु गरेपछी काम छिटो हुने आसा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार