बझाङ : बझाङको खप्तडछान्ना -४ घर भएका अविनाश थापा काजीको अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थापा पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।
उहाको केही दिन अघि मात्रै म्यूजिक भिडिओ ‘पागल’ पनि सार्वजनिक भएको छ। स्नेहा क्षेत्रीको आवज रहेको उक्त म्यूजिक भिडिओमा थापासँगै मनीषा कार्की र भावना बान्तोलाको अभिनय छ। रमेश बिजुली विसीको कथा/निर्देशन रहेको उक्त म्यूजिक भिडिओ रिदम अस्मित साउँद युट्युब च्यानलमार्फत् गत आइतबार सार्वजनिक भएको हो।
विगत ६ वर्षदेखि मोडलिङ क्षेत्रमा लागिरहेका थापाले अहिलेसम्म १८ वटा गीतमा मोडलिङ गरिसकेका छन्।
उनले ५ वटा गीत आफ्नै निर्देशन गरेका छन्। नयाँ म्यूजिक भिडिओ ‘पागल’ लाई पनि दर्शकहरूले रुचाएका छन्। म्युजिक भिडियो मार्फत नेपाली संगित क्षेत्रमा उदायका थापा लोकप्रिय मोडेलका रुपमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका छन । मोफसलको संघर्सबाट उदायका थापा श्रोताको मन जित्न सफल एक उत्कृष्ट मोडेल हुन ।