बिभुती सिंहको जन्म जयन्तिमा तीन जना पत्रकार र दुई संचार माध्यम पुरस्कृत

  खप्तड समाचारदाता  317 पटक हेरिएको

राष्ट्रिय बिभुती तथा मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीको अबसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा तिन जना पत्रकार र दुई वटा संचार माध्याम सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवता , जयपृथ्बी र पत्रकारिता बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा जिल्लामा लामो समय देखि क्रियासिल तिन जना पत्रकार र दुई वटा संचार माध्यामलाई नगद सहित पुरस्कृत गरेको हो ।
राष्ट्रिय बिभुती तथा मानवताबादी ब्यŒिाmत्व जयपृथ्बी बहादुर सिंहको नामबाट स्थापना गरेको जयपृथ्बी पत्रकारिता लेखन बृती पुरस्कारबाट पत्रकार डिबी बिष्ट , जयपृथ्बी पत्रकारिता पुरस्कारबाट संस्थागत बझाङ एफ एम र नेपाल एंगल डट कमलाई प्रति ब्यक्ति वा संस्था नगद सात हजार रुपयाँ सहित परस्कृत गरेको हो । यसै गरि नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृती पत्रकारिता शुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार प्रताप ओली र पत्रकार प्रदिप मलासीलाई समेत प्रति ब्यक्ति नगद रु सात सात हजार सहित पुरस्कृत गरिएको हो ।
बिचार गोष्ठिमा राजा सिंहले नेपालको पत्रकारिता क्षेत्रमा गोरखापत्रको आरम्भ गरेर पत्रकारिता क्षेत्रको संस्थागत बिकासमा समेत योगदान बारेमा समेत चर्चा गरेका थिए । बिचार गोष्ठीमा बोल्ने अधिकाशं बŒाmाहरुले जयपृथ्बी बहादुर सिंहलाई ढिलै भए पनि सरकारले राष्ट्रिय बिभुती घोषणा गरेको र अझै उहाँले गर्नु भएका कामबाट सबैले सिक्नु पर्ने धारणा समेत राख्नुभयो । जयपृथ्बी बहादुर सिंहका बारेमा जानकार लक्ष्मण प्रसाद उपाध्यायले उहाँको शालिन तथा मानवताबादी बिचारको अनुसरण हामी सबैले गर्नु पर्ने समेत उहाँले बताउनुभयो । त्यस्तै जयपृथ्बी नगरपालिकाले समेत बिचार बिमर्ष गोष्टिको आयोजना गरि मनाएको छ । गोष्टिमा जयपृथ्बी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले राजा जयपृथ्बी बहादुर सिंहले गर्नु भएको योदानको चर्चा गर्दै उहाँले देखाउन’भएको बाटोमा जानका लागी आग्रहा गर्नुभयो । उहाँले भन्नुभयो उहाँले लेख्नु भएका पुस्तक र बिचारहरुलाई मात्र अगाल्न सकेको खण्डमा उहाँ प्रतिको श्रदा पुरा हुने बताउनुभयो । जन्म जयन्तीको अबसर पारि जिल्लाको सत्यबादी माबि भोपुर , सत्यबादी माबि मेल्ललेख , लगायतले समेत बिभिन्न कार्यक्रमको आयोजना गरि जन्म जयन्ती मनाएको हो ।
को थिए राजा जयपृथ्बी
बुवा विक्रम बहादुर सिंह र आमा रुद्र कुमारी सिंहका कोख बाट वि.सं. १९३४ साल भाद्र ७ गते मंगलबार का दिनमा जन्म भएका हालको सदरमुकाम चैनपुरमा जन्मनु भएका मानबताबादी राजा जयपृथ्बी बहादुर सिंहले मानवताबादी आफ्नो दर्षन लाई बिस्वका बिभिन्न मुलुक पुर्याउनु भई नेपालको नाम चिनाउनु भएको थियो । गोरखापत्र दैनिकका सस्थापक तथा पहिलो सम्पादक समेत रहनु भएका राजा सिंहले मानवताबादी बिचारहरुलाई बिश्व भर फैलाउनु भएको थियो ।
बाल्यकाल राणा परिबारमा हुर्केका जयपृथ्बी नागरिकहरु लाई अधिकार सम्पन्न बनाउनु पर्छ र हरेक नागरिक स्वतन्त्र भएर बाच्च पाँउनु पर्छ भन्ने मान्यता राख्ने एक महान ब्यक्ति हुनुहुन्थ्यो । वि.सं. १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका राजा जयपृथ्बी बहादुर सिंह एक कुसल पत्रकार समेत हुन् । गोरखापत्रको सिरानमा लिखित ‘सर्बे भवन्तु सुखिनाः सर्बे सन्तु निरामयाः सर्बे भद्राणि पश्यन्तुमा कश्चिद दुःख भाग्जनः ।। भन्ने मानवतावादी उद्धगार लेख्ने चलन पनि बसाले समेत उहाँले बसालेको उहाँका धेरै पुस्तकहरु बाट देखिनछ ।
आफै गोरखापत्र संस्थानका संचालक र प्रधान सम्पादक भएका नाताले वि.सं १९५८ देखि वि.सं. १९७३ सम्म उनले गोरखापत्रमा लेख, रचना, कथा कविता नाटक, जानकारी सुचना प्रकाशन गरी जनसमक्ष पु¥याउने काम गरे यस समयलाई गोरखापत्र तथा पत्रकारिता जगतको स्वर्णिम युग भनिन्छ । चिन्तन त्याग र कर्मयोगका एकिकृत प्रतिमुर्ति मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले आफ्नो सम्पुर्ण राजषी सुख सयललाई तृणगत ठानी मानवमात्रको सुख खुशि र शान्तिका लागि मानवतावाद लाई मानवमात्रको मन, मुुटु र मष्तिक सम्म पु¥याउन अहोरात्र खटी देश बिदेशमा समेत पुर्याउनु भएको थियो । राजा जयपृथ्बी बहादु सिंहले वि.सं. १९६२ मा शैक्षिक विकासका लागि नक्साल को नाग पोखरी देखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफै प्र.अ. नियुक्त भई सत्यवादी पाठशाला खोल्नु भयो सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्बी जिवन यात्रा पुस्तकमा उल्लेख छ । सोही समयमा जयपृथ्वी बहादुर सिंहले निजामति सेवामा प्रवेश गर्दा पारिक्षा लिने व्यवस्था मिलाए जसलाई “जयपृथ्वी पास” भनिन्थ्यो यो नै लोकसेवा आयोगको पहिलो अवधारण हो । गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि.सं. १९६५ सालमा बेलायत जाँदा उहाँको काम तथा प्रतिभा संग प्रभावित भई बेलायतका सप्तम् सम्राट एडवर्डले मानार्थ “कर्णेल” को उपाधिले सम्मान गरेका थिए । न्यायका प्रतिक, दर्शनमा दार्शनिक, धर्ममा बुद्ध, दयालु साथै जनप्रेमी राजा हुँदा हुदै पनि आफ्नो बझाङ्ग राज्य,नेपाल तथा भारतको मात्र चिन्ता लिएनन् विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौ मानव–मानव बिचको वैमनुश्यता कसरी अन्त गर्न सकिन्छ भन्ने विषयको खोजगर्न र विश्वभाइचारा को नाता जोड्न विश्वका विभिन्न मुलुक हरुमा मानवतावादी संस्थाहरु खोल्दै आफ्नो विचारहरु ति संस्थाका मार्फत जनसमक्ष पु¥याउदै अपि, साइपाल, सम्पूर्ण बझाङ्ग बासी, र मानवअधिकार कर्मिलाई सदाका लागी टुहुरो पार्दै भारतको बंलोर स्थित श्री जयभवनमा वि.सं. १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा रानी खगेश्वरी सिंह र मानवतावाद नामक दर्शनयुक्त किताबलाई काखमा राखी रानीलाई मेरो क्रिया तिमी आफैले गर्नु, तर शारिरीक पिडा नुहुने गरी भन्दै सदाका लागि यो संसार बाट बिदा लिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार