बझाङ : खप्तड छान्ना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिवार पुर्णखोप सुनिश्चितता भविष्य स्थानीय स्वामित्व र सहभागिता पुर्णखोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ पालिकालाई पुर्णखोप सुनिश्चितता, निरन्तरता र दिगोपनाका लागी पालिका स्तरीय घोषणा गरेको हो ।
कार्यक्रममा पालिका भरिका बालबालिकाको स्वास्थ्य अवस्था बारे बुझिएको छ । यस्तै बालबालिकालाई पुर्णखोपसंग पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रम अध्यक्ष उत्तम बहादुर रोकायाको अध्यक्षतामा सुरु गरिएको हो । साथै कार्यक्रममा पालिकाका सबै वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।